संवाददाता ।
देस्रो पटक पनि निर्वाचनमा पराजित भएपछि चर्चित पूर्व पत्रकार रविन्द्र मिश्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गरेको घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा प्रेस विज्ञप्ति जारी गर्दै मिश्रले कोष बारे जानकारी गराउनुभएको हो ।
मिश्रले बिज्ञप्तीमा भन्नुभएको छ, ‘मेरो पृष्ठभूमि पत्रकारिता र परोपकारसँग जोडिएको छ । मैले पत्रकारितामा फर्किने या पत्रकारितामार्फत् आफनो निर्वाचन क्षेत्रलाई योगदान गर्ने सम्भावना म देख्दिन । तर व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नम्बरं एकका मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रु २५ लाखको ‘सीड मनि (बीज पैसा) बाट ‘‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु । त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ ।’
रबिन्द्र मिश्र २०७४ सालको निर्वाचनमा पनि थोरै मतले पराजीत हुनुभएको थियो ।
– मिश्रको प्रेस बिज्ञप्ती हेर्नुहोस ।