जसपामा अतहर हुसेन फारुकी र आदेश अग्रवालको प्रवेश सगैं मो.इश्तियाक राईलाई थप बल

  ।   २०७९ आश्विन २३, आईतवार १८:०६

संवाददाता, नेपालगंज

नेकपा माओवादी केन्द्र बाँकेका नेता तथा कार्यकर्ताहरू आज जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष अतहर हुसेन फारुकी र प्रदेश कमिटी सदस्य आदेश अग्रवालसहितका नेता–कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको हो ।

अग्रवाल जनता समाजवादी पार्टीबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागि उम्मेदवार पनि बन्नुभएको छ । अग्रवाल उद्योग वाणिज्य संघ बाँकेका उपाध्यक्ष पनि हुनुहुन्छ ।

व्यवसायीहरूमाझ लोकप्रिय अग्रवालको पार्टी प्रवेशसँगै जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा क्षेत्र नंम्बर २ बाँकेका उम्मेदवार रहनुभएका मोहम्मद इश्तियाक राई थप बलियो हुनुभएको छ ।

उता माओवादी केन्द्रका युवा नेता अम्मर बहादुर खड्काले पनि पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । २०७४ सालको निर्वाचनमा अन्तिम समयमा आएर टिकट नपाएका खड्का माओवादीबाट दुई निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको थियो ।

तर फेरि पनि अन्तिम समयमा आएर टिकट खोसिएपछि उहाँ जनता समाजवादी पार्टी प्रवेश गरेर निर्वाचन लड्न लाग्नुभएको हो । खड्का जनता समाजवादी पार्टीबाट क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार बन्नुभएको छ ।

यसैगरी माओवादी केन्द्रको मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य बाबु हलुवाई (मोहम्मद सलिम), पूर्व वडाअध्यक्ष जुम्मन खाँ, माओवादी केन्द्रका स्थानीय नेताहरू सरिक सल्मानी, रसिद कसगर, मोहम्मद रहिस हल्वाइ, मोहम्मद जुनेद कादरी, मोहम्मद अली सिद्दिकी, नवाज इद्रिसी, पंकज कुमार गुप्ता, सेराज सल्मानी पनि जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

त्यस्तै एमाले बाँकेको युवा संघ जिल्ला सहसंयोजक नोपेन्द्र धिताल, एमाले जिल्ला कमिटी सदस्य मोहन कुमार वली जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । राप्रपाबाट सोनु हलुवाइ र मोहम्मद सलिम हलुवाई पनि जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

सबैलाई जनता समाजवादी पार्टीका नेता एवम् प्रतिनिधि सभा क्षेत्र नंम्बर २ बाँकेका उम्मेदवार मोहम्मद इश्तियाक राई लगायतले फूलमाला लगाई स्वागत गर्नुभएको लाइभ पाटी डटकमले खबर प्रकाशित गरेको छ ।

 

Next Post

बाँके युनेस्कोद्धारा बर्दिया र बाँकेका बाढीपिडितलाई सय थान त्रिपाल प्रदान

२०७९ आश्विन २३, आईतवार १८:०६
नेपालगन्ज । बाँके युनेस्को क्लबले बाँके र बर्दियाका विस्थापित बाढी पिडितका लागि दुबै जिल्लाका विपद व्यवस्थापन समितिमार्फत सय थान ठुला त्रिपाल प्रदान गरेको छ । <span;>क्लबले बाँकेमा कतार च्यारिटीको आर्थिक सहयोग र बर्दियामा प्लान नेपालको समन्वयमा विपद व्यवस्थापन समितिलाई ५०–५० थान ठुला त्रिपाल उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि […]

सम्बन्धित शीर्षक