बाँके युनेस्कोद्धारा बर्दिया र बाँकेका बाढीपिडितलाई सय थान त्रिपाल प्रदान

  ।   २०७९ आश्विन २४, सोमबार १९:४७


नेपालगन्ज । बाँके युनेस्को क्लबले बाँके र बर्दियाका विस्थापित बाढी पिडितका लागि दुबै जिल्लाका विपद व्यवस्थापन समितिमार्फत सय थान ठुला त्रिपाल प्रदान गरेको छ ।

<span;>क्लबले बाँकेमा कतार च्यारिटीको आर्थिक सहयोग र बर्दियामा प्लान नेपालको समन्वयमा विपद व्यवस्थापन समितिलाई ५०–५० थान ठुला त्रिपाल उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।             
गत बुुधवारदेखि भैरहेको अविरल बर्षाका कारण आएको बाढीबाट बाँके र बर्दियाका हजारौं बासिन्दा प्रभावित भै सयौं विस्थापित भएकोले उनिहरुलाई सहज होस भन्ने उदेशयले त्रिपाल उपलब्ध गराईएको क्लबले जनाएको छ । उक्त त्रिपाल बर्दियाका प्रमुख जिल्ला अधिकारी बंधु प्रसाद बास्तोलाई क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई क्लबका वित्तिय तथा प्रशासन प्रमुख वेद प्रसाद पंगाली र कार्यक्रम संयोजक महेश नेपालीले हस्तान्तरण गर्नुभयो । प्रमुख जिल्ला अधिकारीनै जिल्ला विपद व्यवस्थापन समितिको संयोजक रहनु भएको छ ।

बर्दियामा आयोजित हस्तान्तरण कार्यक्रममा प्लान नेपालका कार्यक्रम विशेषज्ञ जनक गिरी, क्लबका वित्तिय प्रमुख पंगाली, कार्यक्रम संयोजकहरु गोविन्द लामिछाने र अनुप बर्मा र फिल्ड सुपरभाइजर शंकरसिंह थारु लगायतको सहभागिता रहेको थियो ।

Next Post

जब्दीघाटको पुल बबई नदीमा बग्यो (फोटो फिचर)

२०७९ आश्विन २४, सोमबार १९:४७
संवाददाता, गुलरिया ।  निर्माण कार्य सम्पन्न नहुदै भास्सिएको बर्दियाको गुलरिया र बारबर्दिया जोड्ने जब्दीघाटको पुल लगातारको बर्षा सगैं बबई नदीमा बगेको छ । यसले दुई पालिकाको आवागमनलाई झनै सास्तीपूर्ण बनाईदिएको छ । निर्माण ब्यवासायि पप्पु कन्ट्रसनले उच्च गुणस्तरको पुल नबनाईदिदाँ वारपारका लागी फेरी पुरानै दिन फर्किएको स्थानीयको भनाई छ । […]

सम्बन्धित शीर्षक