संवाददाता, नेपालगंज।
बाँकेमा रहेका ३ वटा ल्यावमा गरिएको जाँच अनुसार २६ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेका अनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा ४६ जना, मेडिकल कलेज कोहलपुर ल्यावमा ६३ जना र वागेश्वरी ल्यावमा २४ जनाको आरटी पीसीआर जाँच गरिएको थियो ।
२६ जना संक्रमित मध्ये बाँके जिल्लाका महिला ५ जना र पुरुष ३ जना रहेका छन । बाँकेमा कोरोनाको संक्रमण दर ३४.५८ प्रतिशत पुगेको छ ।
उता आज जमुनाह नाकामा सकास्पद ६७५ जनाको कोभिड एन्टिजिन परिक्षण गर्दा १३ जना पुरुष र २६ जना महिला सहित ३९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण देखिएका सबै लाई बाल मन्दिर आइसोलेसनमा राखी व्यवस्थापन गरिएको छ ।
यस अघि नाकामा चेकजाचका क्रममा संक्रमीतको संख्या शुन्य आउदै गरेकोमा यहि पुस १९ गते ९ जना, पुस २० गते ४ जना, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६ जना, पुस २४ गते ४६ जना र आज ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।
हाल सम्म कोभिड महामारी शुरूवात भएदेखि आज सम्म ५५५ जनामा जमुनाहा नाकामा कोभिड संक्रमण देखिएको छ ।