रुपान्तरण अभियानमा नरैनापुरको विद्युत पोल र ट्रन्सफर्मरको समस्या समाधान हुन्छ: मन्त्री बस्नेत

  ।   २०८० आश्विन १०, बुधबार १२:०६

पवन कुमार चौधरी

बाँके । उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले १ महिना भित्रमा बाँकेको नरैनापुरमा विद्युतको पोल र ट्रान्सफर्मरको समस्या समाधान हुने बताउँनुभएको छ ।
नरैनापुर गााउपालिका र वडा नं. १ को कार्यालयले मंगलबार छुट्टाछुट्टै आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सिक्टा सिचाईको मूल नहर र शाखा नहरहरुको द्रुत गतिमा काम सूचारु गर्ने प्रतिबद्धता जनाउदै उहाँले नरैनापुरमा उर्जा जल स्रोत तथा सिचाईको सबै प्रकारको समस्या समाधान गर्न तर्फ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

माओबादी केन्द्रको तिन महिने अभियानको क्रममा नरैनापुरमा प्रशिक्षण दिन पुग्नु भएका मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताउनु भएको थियो ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले मन्त्री बस्नेतलाई स्वागत गर्दै नरैनापुरको विकासका लागि १२ सय विद्युतका पोल, १८ ट्रान्सफर्मर, १८ डिप बोरिङ्ग, केरुनिया खोला र सौरी नालामा तटबन्ध निर्माण, सिक्टा सिचाईको मूल नहर र शाखा नहरहरुको द्रुत गतिमा कार्य सूचारु गर्न, राप्ती नदिमा तटबन्ध निमार्ण, र नरैनापुरमा इलाका प्रशासन कार्यालय तत्का स्थापना गर्न मन्त्री बस्नेतलाई माग पत्र हस्तान्त्रण गर्नु भएको थियो । यसै गरी वडा नं. १ का अध्यक्ष इसाक जोलाहले शौर्य उर्जा सहितको वोरिङ्गको व्यवस्था गरी दिन मन्त्री बस्नेतसँग आग्रह गर्नु भएको थियो ।
नरैनापुर गाँउपालिकाले गरेका स्वागत कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुल बहादुर केसी, लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, संविधान सभा सदस्य अशोक रोकाय, नरैनापुर १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद शाह, ४ का अध्यक्ष मनोज शर्मा, वडा सदस्यहरु, नेकपा माओबादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे, सचिव डिल्ली बराल, नेता प्रकाश सुबेदी, दामोदर अधिकारी, लगायतको सहभागिता रहेको थियो ।

 

Next Post

खेलकुदका गतिविधि मार्फत युवा र विद्यार्थीलाई प्रोत्साहन गर्न ७५ लाख रुपैयाँ बजेट

२०८० आश्विन १०, बुधबार १२:०६
फोटो : कोहलपुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय रहेको प्रशासनिक भवन ।। प्रेम विश्वकर्मा, बाँके । बाँकेको कोहलपुर नगरपालिकाले युवालाई लक्षित गरी खेलकुद गतिविधि सञ्चालनका लागि चालु आर्थिक बर्ष २०८०-०८१ का लागि कुल ७५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । युवा तथा खेलकुद अन्तर्गत विनियोजन गरिएको बजेट अहिले वार्षिक क्यालेन्डर […]

सम्बन्धित समाचार