
नेपालगन्ज । ‘बिधिले त्यस्तो देखाउदैन, लगानी कर्ताहरुको बिचमा सेयर खरिद बिक्रि उनीहरुको बिचको कुरा भयो, कतिमा लिन्छन् र कतिमा दिन्छन् । उनीहरुको बिचमा घोटालाबाजी के के हुन्छन् ? त्यो उनीहरुको कुरा भयो । बिधिले कहाँ जोडिन्छ त भने कम्पनी रजिस्टारसँग जोडिन्छ । अदालको आदेशमा त्यसले अहिले खरिद बिक्री नगर भनेर रोकेको छ ।’ नेकपा माओबादी केन्द्रका महासचिब देव गुरुङले बताउनु भयो । सुक्रबार माओबादी केन्द्र बाँकेको नेपालगन्जमा आयोजना गरिएको नेता कार्यकर्ता भेलामा महासचिब गुरुङले सो कुरा बताउनु भएको हो ।
पछिल्लो समयमा देशैभर एनसिलको बारेमा माओबादी अध्यक्ष तथा प्रधानमन्त्रिी प्रचण्डलाई लागेको आरोपको खण्डन गर्दै महासचिब गुरुलेङले जोड दिनु भयो, ‘एउटा अनुगमन गर्नको लागि एनटिसीको सन् २०५३ सालको एन आकर्षित हुन्छ । त्यो एन अनुसार एनसेल छिरेकै छैन, प्रस्ताव ल्याएर आउभन्दा पनि ल्याएको छैन । त्यसकारणले गर्दाखेरी राज्यका अंगहरु संलग्न भएको छैनन् । प्रधानमन्त्री प्रचण्ड त्यसमा संलग्न हुनुहुन्न । यसमा ढुक्क हुनु होस् ।’ त्यस्तो कुनै कुरा भएको रहेछ भने छानबिनका क्रममा बाहिर आइहल्छ नि महासचिब गुरुङले बताउनु भयो ।
उहाँले जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल भएको जनाउँदै त्यसबाट कार्यकर्तामा पनि नयाँ जोश र जाँगर उत्पन्न भएको बताउनुभयो ।यो अभियानले पूर्वदेखि पश्चिमसम्म माओवादी पार्टीलाई शसक्त र बलियो बनाउन सफल भएको जनाउँदै उहाँले अधिकांश जनता र कार्यकर्ताको माग कम्युनिष्ट पार्र्टीबिच एकता भइ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने रहेको कुरामा जोड दिनुभयो ।
उहाँले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको अभियान अगाडि बढिसकेको बताउदै प्रचण्डलाई सबै कम्युनिस्टले स्विकार गरिसकेको पनि बताउन छोड्नु भएन । महासचिव गुरुङले भन्नुभयो, ‘पार्टी जनतासँग जाडिनु पर्छ, जनता र पार्टीको बिचमा माछा र पानीको जस्तो सम्बन्ध हुनुपर्छ । नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्छ ।’
उहाँले माओवादी केन्द्रका अध्यक्षको नेतृत्वको सरकारले यस पटक गरेका धेरै राम्रा कामबाट प्रतिगामीहरु अत्तालिएको बताउनुभयो । वर्तमान गठबन्धन सरकारले जनताको हितमा निरन्तर काम गरिरहेकाले गठबन्धन झन बलियो हुँदैगएको महासचिव गुरुङको भनाइ छ । सो अवसरमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलबहादुर केसीले रुपान्तरण अभियानको समिक्षात्मक धारणा राख्नुभयो । बाँकेका पाँच वटा पालिकाका पार्टी अध्यक्षले रुपान्तरण अभियानको रिपोर्टिङ गर्नुभएको थियो ।
कार्यक्रममा बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) जनप्रतिनिधिको तर्फबाट नेपालगञ्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, मुस्लिमको तर्फबाट कश्मिरा खातुन, महिलाको तर्फबाट मन्जु रोकाया, व्यवसायीको तर्फबाट बसन्त लामिछाने र मधेशीको तर्फबाट रक्षाराम बर्माले आफ्नो भनाइ राख्नुभएको थियो भने कार्यक्रम संचालन नेपालगन्ज उपमहानगरपालिका माओबादी अध्यक्ष रतनबहादुर शाहीले गर्नुभएको थिायो ।



