एनसेल काण्डमा प्रधानमन्त्री प्रचण्डको कुनै संलग्नता छैनः महासचिब गुरुङ

  ।   २०८० मंसिर २३, शनिबार २२:४७


नेपालगन्ज । ‘बिधिले त्यस्तो देखाउदैन, लगानी कर्ताहरुको बिचमा सेयर खरिद बिक्रि उनीहरुको बिचको कुरा भयो, कतिमा लिन्छन् र कतिमा दिन्छन् । उनीहरुको बिचमा घोटालाबाजी के के हुन्छन् ? त्यो उनीहरुको कुरा भयो । बिधिले कहाँ जोडिन्छ त भने कम्पनी रजिस्टारसँग जोडिन्छ । अदालको आदेशमा त्यसले अहिले खरिद बिक्री नगर भनेर रोकेको छ ।’ नेकपा माओबादी केन्द्रका महासचिब देव गुरुङले बताउनु भयो । सुक्रबार माओबादी केन्द्र बाँकेको नेपालगन्जमा आयोजना गरिएको नेता कार्यकर्ता भेलामा महासचिब गुरुङले सो कुरा बताउनु भएको हो ।पछिल्लो समयमा देशैभर एनसिलको बारेमा माओबादी अध्यक्ष तथा प्रधानमन्त्रिी प्रचण्डलाई लागेको आरोपको खण्डन गर्दै महासचिब गुरुलेङले जोड दिनु भयो, ‘एउटा अनुगमन गर्नको लागि एनटिसीको सन् २०५३ सालको एन आकर्षित हुन्छ । त्यो एन अनुसार एनसेल छिरेकै छैन, प्रस्ताव ल्याएर आउभन्दा पनि ल्याएको छैन । त्यसकारणले गर्दाखेरी राज्यका अंगहरु संलग्न भएको छैनन् । प्रधानमन्त्री प्रचण्ड त्यसमा संलग्न हुनुहुन्न । यसमा ढुक्क हुनु होस् ।’ त्यस्तो कुनै कुरा भएको रहेछ भने छानबिनका क्रममा बाहिर आइहल्छ नि महासचिब गुरुङले बताउनु भयो । उहाँले जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल भएको जनाउँदै त्यसबाट कार्यकर्तामा पनि नयाँ जोश र जाँगर उत्पन्न भएको बताउनुभयो ।यो अभियानले पूर्वदेखि पश्चिमसम्म माओवादी पार्टीलाई शसक्त र बलियो बनाउन सफल भएको जनाउँदै उहाँले अधिकांश जनता र कार्यकर्ताको माग कम्युनिष्ट पार्र्टीबिच एकता भइ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने रहेको कुरामा जोड दिनुभयो ।उहाँले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको अभियान अगाडि बढिसकेको बताउदै प्रचण्डलाई सबै कम्युनिस्टले स्विकार गरिसकेको पनि बताउन छोड्नु भएन । महासचिव गुरुङले भन्नुभयो, ‘पार्टी जनतासँग जाडिनु पर्छ, जनता र पार्टीको बिचमा माछा र पानीको जस्तो सम्बन्ध हुनुपर्छ । नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्छ ।’उहाँले माओवादी केन्द्रका अध्यक्षको नेतृत्वको सरकारले यस पटक गरेका धेरै राम्रा कामबाट प्रतिगामीहरु अत्तालिएको बताउनुभयो । वर्तमान गठबन्धन सरकारले जनताको हितमा निरन्तर काम गरिरहेकाले गठबन्धन झन बलियो हुँदैगएको महासचिव गुरुङको भनाइ छ । सो अवसरमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलबहादुर केसीले रुपान्तरण अभियानको समिक्षात्मक धारणा राख्नुभयो । बाँकेका पाँच वटा पालिकाका पार्टी अध्यक्षले रुपान्तरण अभियानको रिपोर्टिङ गर्नुभएको थियो ।कार्यक्रममा बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) जनप्रतिनिधिको तर्फबाट नेपालगञ्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, मुस्लिमको तर्फबाट कश्मिरा खातुन, महिलाको तर्फबाट मन्जु रोकाया, व्यवसायीको तर्फबाट बसन्त लामिछाने र मधेशीको तर्फबाट रक्षाराम बर्माले आफ्नो भनाइ राख्नुभएको थियो भने कार्यक्रम संचालन नेपालगन्ज उपमहानगरपालिका माओबादी अध्यक्ष रतनबहादुर शाहीले गर्नुभएको थिायो ।

Next Post

माओवादी महिला भेलामा पन्चे बाजा

२०८० मंसिर २३, शनिबार २२:४७
नेपालगन्ज । नेपालगन्ज बसपार्क कृष्णनगर टोलमा पन्चेबाजा झ्याई झ्याई बज्दै थिए । अनौठो के थियो भने पन्चे बाजा पनि महिलाले  बजाउदै थिए । सनिवार बिहान न कुनै बिबाह वा अरु उत्सव नै,  यो त नेकपा माओवादी केन्द्रमा आस्था राख्ने अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाँकेको जिल्ला भेला थियो । लोपहुन […]