अफगानिस्तानमा तत्काल ६० करोड डलर सहयोगका लागि राष्ट्र सङ्घको अपिल

  ।   २०७८ भाद्र २९, मंगलवार ०७:१५

काठमाण्डौ । संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा तत्काल ६० करोड डलर सहयोगका लागि अपिल गरेको छ । जेनेभामा भएको सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गरिएको हो ।

राष्ट्र सङ्घले अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी समेत दिएको छ । गएको महिना तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो ।

त्यहाँ तत्कालै खाना, औषधि र सरसफाइ अति आवश्यक रहेको राष्ट्र सङ्घले जनाएको छ । ६० करोड डलर सहयोग जुटाउन सके दशौँ लाख मानिसलाई राहत पुग्ने भनिएको बीबीसीले जनाएको छ। राष्ट्र सङ्घले सहायताकर्मीलाई नरोक्न पनि तालिबानसँग आह्वान गरेको छ ।

साथै अफगानिस्तानमा महिला र बालिकाको अधिकारबारे चिन्ता बढेको छ । संयुक्त राष्ट्र सङ्घकी अधिकार प्रमुख मिसेल बाचेले तालिबानीहरूलाई महिला अधिकार र सम्मानको घोषणाबारे स्मरण गराउनुभएको छ ।

Next Post

बालबालिकालाई खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छ : प्रधानमन्त्री देउवा

२०७८ भाद्र २९, मंगलवार ०७:१५
काठमाण्डौ | प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गर्नुभएको छ । ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवम् अभिभावकहरूमा शुभकामना व्यक्त गर्दै उहाँले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा […]