महिला स्वास्थ्य स्वयमसेविकाद्धारा नगरप्रमुख विष्ट र उपप्रमुख राइलाई सहयोगको प्रतिबद्धता

  ।   २०७९ बैशाख १८, आईतवार १८:४७


नेपालगन्जका महिला स्वास्थ्य स्वयमसेविकाहरुले काँग्रेस र जसपाबीचको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखलाई सहयोगको प्रतिबद्धता जनाएका छन् ।

नेपालगन्जमा आयोजित महिला स्वास्थ्य स्वयमसेविकासँगको अन्तरक्रियामा उनीहरुले नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइलाई सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

महिला स्वास्थ्य स्वयम सेविकाहरुले आफुहरुले झेल्दै आएका समस्या समेत उम्मेदवारहरुमाझ राखेका थिए । त्यसक्रममा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयमसेविकाहरुले घरघरमा पुगेर स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्नुभयो । उहाँले महिला स्वास्थ्य स्वयमसेविकाहरुका समस्याप्रति आफु गम्भीर रहेको भन्दै विजयी भए ति समस्यालाई सम्वोधन गरिने बताउनुभयो । यस्तै उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइले स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वयमसेविकाहरुको सेवा सुविधालाई बढाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले उपप्रमुख पदमा निर्वाचित भए महिला स्वास्थ्य स्वयमसेविकाहरुको समस्या समाधानको प्रतिबद्धता जनाउनुभयो ।

Next Post

नेपालगन्ज-४ माओवादी तर्फका अध्यक्ष गोपाल पुनलाई जिताउ छौँ- युवा

२०७९ बैशाख १८, आईतवार १८:४७
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का युवाहरूले यसपटक माओवादी केन्द्रका नेता गोपाल पुनलाई जिताउने प्रतिबद्धता जनाएका छन् । मर्दा पर्दा काम लाग्ने व्यक्तिलाई नै जिताउनु पर्छ भने एक आवाज वडा नं. ४ का युवाहरूबाट निस्केको छ । बिगत ५ बर्ष देखि जनताको सेवामा अनवरत लाग्नु भएका गोपाल दाइलाइ […]