नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का युवाहरूले यसपटक माओवादी केन्द्रका नेता गोपाल पुनलाई जिताउने प्रतिबद्धता जनाएका छन् । मर्दा पर्दा काम लाग्ने व्यक्तिलाई नै जिताउनु पर्छ भने एक आवाज वडा नं. ४ का युवाहरूबाट निस्केको छ ।
बिगत ५ बर्ष देखि जनताको सेवामा अनवरत लाग्नु भएका गोपाल दाइलाइ मतदान नगरेर कसलाई गर्ने युवाहरूले थपे । चुनावी माहोल तातेको बेला युवाहरु प्रचारप्रसारमा पनि त्यत्तिकै लागेका छन् । पार्टी कार्यकर्ता मात्र नभएर वडाका बुज्रुक, युवाहरू पनि लागेको वडा ४ का माओवादी अध्यक्ष अर्जुन कार्कीले बताउनु भयो ।
दैनिक रुपमा जनताको सेवामा लाग्नु भएका अध्यक्षका उम्मेदवार पुन आफू जित्ने कुरामा ढुक्क भएको बताउनु हुन्छ । त्यस्तै नगर अध्यक्ष रतन शाहीका अनुसार उपमहानगर भित्रका करिव १४ वडा जित्ने बताउनु हुन्छ ।