खजुराका जेष्ठ नागरिक र मजदुर किसानको साथ गठबन्धनलाई

  ।   २०७९ बैशाख १८, आईतवार २२:०४


नेपालगन्ज । खजुरा गाउपालिका गठबन्धनका अध्यक्ष डम्बर बिक तुफान राती पनि जनताको घरदैलोमा मतदान गर्न अनुरोध गरिरहनु भएको छ ।


दिनभर जनताको दैलोमा दौडधुपमा रहनुभएका तुफान माओवादी र कांग्रेस गठबन्धनका माओवादी तर्फका अध्यक्षका उम्मेदवार हुनुहुन्छ । उहाले मत आफुलाइ मात्र हैन पुरै गठबन्धनलाई नै माग्नु भएको छ । जनताको शासन दलित सर्वहारा बर्गको प्रतिनिधित्व गर्ने तुफान सर्वसाधारण संग जनताको घरदैलोमै देखिने गरि विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । समग्र खजुराको विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताउने तुफानको सरल स्वाभवलाइ गाउलेहरुले सहजै स्विकार गरेका छन् र उहाको पक्षमा मतदान गर्ने आश्वासन पनि सर्वसाधारणले दिने गरेका छन् ।

गिरिव दलितको छोरा संग पैसा बाड्न अर्थ नभएको बताउनु हुन्छ तुफान । जसले पैसा बड्छ उसको पैसा खाएर गरिवको पक्षमा मतदान गर्न जनतालाइ प्रशिक्षण दिनु भएको छ । आइतबार खजुराका विभिन्न बस्तिमा पुग्नु भएका तुफानले जेष्ठ नागरिक, मजदुर, किसानहरुको दैलो मै पुगेर आफ्ना सपना बाड्नु भएको छ । जताततै बाट अग्रिम बधाई आउन थालेको भन्दै तुफानले जनताको पीडामा मलम पट्टी बाध्न सधै हाजिर हुने कुरा जनताको साथमा बताउनु भयो ।

Next Post

वडा ३ का सदस्य सिमा कसौधन नै लोकप्रिय नेता

२०७९ बैशाख १८, आईतवार २२:०४
नेपालगन्ज । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ को निर्वाचित वडा सदस्य तथा नगरपालिका कार्यपालिका सदस्य सीमा कसौधन वैश्यले सो पार्टीबाट पुन: महिला सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ […]