बाँके माओवादीका इन्चार्ज र संयोजक प्रधानमन्त्रीसँग

  ।   २०८१ असार १३, बुधबार १७:२७

सबिता चन्द
नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला इन्चार्ज पुर्ण कुमारी सुवेदी र संयोजक नरेन्द्र प्रसाद पाण्डे (जेम्स) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर जिल्लाको रिपोर्टिङ गर्नुभएको छ ।

बाँके जिल्लामा माओवादी केन्द्रले पालिका स्तरमा अधिकांश वडा सम्मेलन सम्पन्न गरेको जानकारी अध्यक्ष प्रचण्डलाई गराएको बाँके इन्चार्ज सुवेदीले बताउनु भयो । सरकारले गर्ने कामका बिषयमा बाँके जिल्लालाई पनि विकास निर्माणका काममा नछुटाउन अनुरोध गरेको संयोजक जेम्सले बताउनु भयो । बाँके जिल्लाका ८१ वटा वडा मध्य नेपालगन्ज उपमहानगरपालिकाका केहि वडामा मात्र सम्मेलन गर्न बाँकि रहेका छन् । सबै जनवर्गीय संगठनको पनि सम्मेल भएको अध्यक्ष जेम्स बताउनु हुन्छ । ´अहिले बाँके जिल्लामा नेकपा माओवादी केन्द्रका सबै संगठन कृयाशिल छन` इन्चार्ज पुर्ण सुवेदीले रिपोर्टिङ गर्नु भयो । जिल्लामा सबै तहका नेताकार्यकर्ता सक्रिय भएपछि जिल्लाको रिपोर्टिङ गर्न केन्द्र गएको र प्रधानमन्त्री प्रचण्डलाई भेटेर जिल्लाको गतिविधिको विषयमा जानकारी गराएको भन्दै जेम्सले गुडन्युजलाई बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न र बाँकेको प्रगति सुनाउन इन्चार्ज सुवेदी, संयोजक जेम्स, प्रदेश सदस्य रेणुका बिष्ट(सामना), अशोक पोखरेल, मन्जु रोकाय, मनिसा चँदरा राप्तिसोनारी गाउपालिकाका सचिब सुर्य प्रसाद घर्ती, वसन्त मल्ल लगायतका नेता कार्यकर्ताहरु प्रधानमन्त्रीको कार्यालय मै पुग्नु भएको थियो ।

Next Post

एसईई नतिजा सार्वजनिक

२०८१ असार १३, बुधबार १७:२७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । कार्यालयले जारी […]