नेपालगन्ज / आज शुक्रबार बाँकेमा थप १६ जनालाई कोरोना संक्रमित संख्या पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जले तयार गरेको विवरण अनुसार बैंकका दुई कर्मचारी सहित नेपालगन्जका १३, कोहलपुरका १ र राप्तीसोनारीका २ जनालाई कोरोना देखिएको हो । नेपालगन्जका बैंकहरु मध्य नेपाल बैंक लिमिटेड र साँग्रीला बिकास बैंकमा कार्यरत दुई कर्मचारीमा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा बर्दियाको बाँसगढीका ६ जनामा समेत संक्रमण देखिएको अस्पतालद्धारा जारी विवरणमाल उल्लेख गरीएको छ । पछिल्लो २४ घण्टामा ३५० जनाको स्वाव परिक्षण गरीएकोमा बाँकेका १६ र बर्दियाका ६ गरी कुल २२ जनामा संक्रमण देखिएको हो।