श्रीलंकाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज भारतले जित्यो

  ।   २०७८ श्रावण ६, बुधबार ०७:३४

काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पनि भारत विजयी भएको छ। गएराति भएको खेलमा पाहुना टोली भारतले श्रीलंकालाई तीन विकेटले हराएको हो।

जितका लागि २७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो। भारतलाई जिताउन दीपक चाहरले नटआउट ६९ र सूर्यकुमार यादवले ५३ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो।

यसअघि भएको पहिलो एक दिवसीयमा पनि भारत विजयी भएको थियो। शिखर धवनको कप्तानीमा रहेको भारतले लगातार उत्कृष्ट प्रदर्शन गर्दै तीन खेलको एक दिवसीय सिरिज २-० ले जितेको छ। अब तेस्रो खेल शुक्रबार कोलम्बोमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना खोपको दोस्रो डोज लगाएका विदेशीलाई साउदीमा प्रवेश दिने

२०७८ श्रावण ६, बुधबार ०७:३४
एजेन्सी । साउदी अरेबियाले कोभिडको खोप लगाएका व्यक्ति मात्र साउदी अरेबिया आउन पाउने नियम लागु गरेको छ । कोभिडकाबीच विभिन्न देशका यात्रुलाई प्रतिबन्ध लगाएको साउदीले कोरोना विरुद्धको दोश्रो डोज लगाएका जुन सुकै देशका नागरिकलाई पनि प्रवेश गर्न अनुमति दिएको छ । यो नियम आगामी अगष्ट ९ देखि लागु हुनेछ । […]

सम्बन्धित समाचार