कोरोना खोपको दोस्रो डोज लगाएका विदेशीलाई साउदीमा प्रवेश दिने

  ।   २०७८ श्रावण ६, बुधबार ०७:३६

एजेन्सी । साउदी अरेबियाले कोभिडको खोप लगाएका व्यक्ति मात्र साउदी अरेबिया आउन पाउने नियम लागु गरेको छ ।

कोभिडकाबीच विभिन्न देशका यात्रुलाई प्रतिबन्ध लगाएको साउदीले कोरोना विरुद्धको दोश्रो डोज लगाएका जुन सुकै देशका नागरिकलाई पनि प्रवेश गर्न अनुमति दिएको छ ।

यो नियम आगामी अगष्ट ९ देखि लागु हुनेछ । साउदीमा पछिल्लो समय नयाँ भेरिएन्टका कारण संक्रमितको संख्या बढ्न थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

साउदीले कोरोना महामारीलाई मध्यनजर गर्दै गत मे महिनादेखि यात्रा प्रतिबन्ध लगाएको थियो ।

साउदीले गरेको यात्रा प्रतिबन्ध फुकुवासँगै नेपालका कामदार केही हदसम्म राहत मिलेको छ ।

साउदी अरबमा कोरोना संक्रमितको संख्या ५ लाख १२ हजार १ सय नाघेको छ भने संक्रमणका कारण हालसम्म ८ हजार १ सय बढीको मृत्यु भइसकेको छ ।

Next Post

आज ‘बकर इद’ पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

२०७८ श्रावण ६, बुधबार ०७:३६
काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद […]