भारतमा काेराेना सङ्क्रमण दर उच्च, निर्णायक कदम चाल्न मोदीको निर्देशन

  ।   २०७७ चैत्र ५, बिहीबार ०७:१४
unn.prixa.net

काठमाण्डाै | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका विभिन्न सहरमा बढ्दो क्रममा रहेको कोरोना सङ्क्रमण नियन्त्रणबारे विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।

भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोनाविरुद्धको कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनाबारे छलफल गर्नुभएको बीबीसीले जनाएको छ ।

छलफलका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पछिल्लो पटक केही राज्यहरुमा फेरि सङ्क्रमण बढ्न थालेकाले यसको नियन्त्रणका लागि तुरुन्त कदमअघि बढाउन निर्देशन दिनुभयो ।

१ वर्षदेखि आम नागरिकले कोरोनासँग लडिरहेको र अहिलेसम्म सङ्क्रयिमतमध्ये ९६ प्रतिशत निको भइसकेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले तत्काल निर्णायक कदम चाल्न भन्नुभएको हो ।

यो पटक केही साना सहरहरुमा समेत आरटीपीसीआर परीक्षण बढाउनुपर्ने भन्दै उहाँले सबै राज्यमा कन्ट्रयाक ट्रेसिङको कामलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । भारतका विभिन्न सहरमा पछिल्लो समय अस्वाभाविक रुपमा कोरोना सङ्क्रमण बढिरहेको छ ।

भारतमा अहिलेसम्म १ करोड १४ लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भइसकेका छन् ।

– Ujyaalo Online

Next Post

च्याम्पियन्स लिगमा चेल्सी र बायर्न म्युनिख क्वार्टरफाइनलमा प्रवेश

२०७७ चैत्र ५, बिहीबार ०७:१४
काठमाण्डाै | च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्यन म्युनिख क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । एट्लेटिको मड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो । चेल्सीलाई जिताउन जीएचले ३४ औँ मिनेटमा र एमर्सनले अतिरिक्त समयमा गोल गरेका हुन् । यस्तै गएराति नै भएको अर्को खेलमा साविक विजेता जर्मन […]