टोकियो ओलम्पिक : महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सको सानदार सुरुवात

  ।   २०७८ श्रावण ७, बिहीबार ०६:४३

काठमाण्डौ । टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सले सानदार सुरुवात गरेका छन् ।

गएराति भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनलाई ५–० गोल अन्तरले पराजित गर्यो । यस्तै, नेदरल्याण्ड्सले जाम्बियामाथि फराकिलो जित दर्ता गरेको छ । पहिलो पटक ओलम्पिक खेलिरहेको नेदरल्याण्ड्सले जाम्बियालाई १०–३ गोल अन्तरले हरायो ।

नेदरल्याण्ड्सको जितमा भिभिएनी मिडेमाले ह्याट्रिकसहित ४ गोल गरिन् भने लिके मार्टिनले दुई तथा सानिस भान डि सान्डेन, जिल रुड, लिनेथ विरेन्सटेन र भिक्टोरिया पेलोभाले एक एक गोल गरे । यस्तै गएरातिकै खेलमा स्वीडेनले अमेरिकालाई ३–० गोल अन्तरले पराजित गर्दा बेलायतले चिलीलाई २–० गोल अन्तरले हराएको छ ।

यस्तै, अस्ट्रेलियासँग न्यूजिल्याण्ड २ –१ गोल अन्तरले पराजित भएको छ भने जापान र क्यानडाले १–१ गोल गर्दै बराबरी खेलेका छन् ।

Next Post

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै

२०७८ श्रावण ७, बिहीबार ०६:४३
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । साउन ४ गतेदेखि जारी बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । आजको बैठकमा एमालेको नेपाल(खनाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणको बारेमा निर्णय गर्न सक्ने बताइएको छ । तर, नेपाल खनाल […]