बाँकेको सिक्टा नहरमा एक व्यक्तिको मृत्यु

  ।   २०८० मंसिर ८, शुक्रबार १५:३३

नेपालगन्ज । बाँकेको एक नहरमा डुबेका बालकलाई उद्धार गर्न गएका एक व्यक्तिको नहरमै डुबेर मृत्यु भएको छ । नरैनापुर गाउँपालिका –६, कोहलाका ३१ बर्षीय बच्छराज धोबीको राप्ती नदीको सिक्टा पूर्वी नहरमा डुबेर बिहीबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही ठाउँका रामचन्द्र धोबीका १२ बर्षीय छोरा राजेश धोबी उक्त नहरमा माछा मार्नेक्रममा डुबेका थिए । बालक नहरमा डुबेपछि उनलाई बचाउन बच्छराज नहरमा पस्नुभएको थियो । सो क्रममा बच्छराजको डुबेर ज्यान गएको प्रहरीको भनाइ छ ।

माछा मार्दा नहरमा डुबेका बालक राजेश धोबी भने सकुशल रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Next Post

बालिका दुर्गा लुईटेलद्धारा गाउँपालिका उपाध्यक्षको भूमिका निर्वाह

२०८० मंसिर ८, शुक्रबार १५:३३
नेपालगन्ज । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रम सम्पन्न गरिएको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा वडास्तरीय बाल क्लबकी अध्यक्ष […]