अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी

  ।   २०७७ कार्तिक २३, आईतवार ०७:००

एजेन्सी । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । योसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का गर्नुभएको हो । योसँगै भारतीय मूलकी कमला हसन अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ ।

ह्वाइट हाउससम्म पुग्नको लागि आवश्यक २७० इलेक्टोरल भोट पार गर्दै बाइडेन विजयी बन्नुभएको हो । बीबीसीका अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा जित हात पारेसँगै जो बाइडेनले २७३ इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ । बाइडेनका प्रतिद्वन्द्वी ट्रम्पको भागमा भने २१४ इलेक्टोरल भोट परेका छन् । राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको थियो ।

७७ वर्षीय बाइडेनले अमेरिकी राष्ट्रपति पदको लागि योभन्दा पहिले पनि सन् १९८८ र २००८ गरी दुई पटक चुनाव लडिसक्नुभएको छ । साथै बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको दुईटै राष्ट्रपति कालमा उपराष्ट्रपति रहिसक्नुभएको छ ।

बाइडेन बाराक ओबामाका नजिकका मित्र पनि मानिन्छन् । बाराक ओबामाले अहिलेको चुनावमा बाइडेनलाई जिताउनको लागि निकै भागदौड गर्नुभएको थियो । बाराक ओबामा राष्ट्रपति हुँदा एउटा भाषणमा उहाँले बाइडेनलाई ‘अमेरिकाले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रो उपराष्ट्रपति’ भनेर पनि प्रशंसा गरेको बीबीसीले जनाएको छ ।

Next Post

राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन : सोमपाल ‘ए’ श्रेणीमा

२०७७ कार्तिक २३, आईतवार ०७:००
काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ । यसअघि गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गरेको हो । नयाँ वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडी सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् । खेलाडी वर्गीकरण छनोट समितिले तयार […]