राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन : सोमपाल ‘ए’ श्रेणीमा

  ।   २०७७ कार्तिक २३, आईतवार ०७:०४

काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ ।

यसअघि गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गरेको हो । नयाँ वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडी सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् । खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ वर्गीकरणलाई हिजो बसेको क्यानको भर्चुअल बैठकले पारित गरेको हो ।

परिमार्जन भएको वर्गीकरणमा बलर सोमपाल कामी ‘ए’ श्रेणीमा परेका छन् । यसअघि उनी ‘बी’ श्रेणीमा परेका थिए । यस्तै सी मा रहेका अविनास बोहरालाई ‘बी’ मा राखिएको छ । यस अघि सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका ललित नारायण राजवंशीलाई ‘बी’ र सन्दीप जोहरालाई ‘सी’ मा राखिएको छ ।

महिलातर्फ सरस्वती चौधरीलाई ‘बी’ तथा ममता चौधरी र सुमन खतिवडालाई ‘सी’ श्रेणीमा राखिएको छ । यसअघि असोज ६ गते चितवनमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण तयार गरेको थियो ।

पुरुषतर्फ ‘ए’ श्रेणीको खेलाडीले ५० हजार, ‘बी’ श्रेणीको खेलाडीले ४० हजार र ‘सी’ श्रेणीको खेलाडीले मासिक ३० हजारको दरले तलब पाउने छन् । महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीले १५ हजार, ‘बी’ मा पर्नेले १२ हजार र ‘सी’ श्रेणीका खेलाडीले १० हजार रुपैयाँ मासिक तलब पाउने छन् ।

क्यानले यस पटकको कन्ट्रयाक्ट सम्झौता ६ महिनाको हुने जनाएको छ ।

Next Post

ला लिगामा रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

२०७७ कार्तिक २३, आईतवार ०७:०४
काठमाण्डौ । ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बेटिसलाई बार्सिलोनाले ५(२ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । खेलको २२ औं मिनेटमा बार्सिलोनाले पाहुना टिम विरुद्ध अग्रता बनायो । उसका लागि डेम्बेलेले […]