चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको मृत्यु

  ।   २०८० श्रावण १७, बुधबार १४:०६

नेपालगन्ज । बाँकेमा चितुवाको आक्रमण परी घाइते भएको एक नीलगाईको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको उपचारका क्रममा मङ्गलवार मृत्यु भएको राप्ती सब डिभिजन वन कार्यालय मेहमानपुरका फरेष्टर सन्तोष खत्रीले जानकारी दिनुभयो ।

राप्ती सोनारी गाउँपालिका वडा ५, ढलैयास्थित राप्ती सब डिभिजन वन कार्यालय अन्तर्गत राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहको ब्लक नं. ५ मा चितुवाले आक्रमण गरी घाइते भएको अवस्थामा सो नीलगाई पाइएको फरेष्टर खत्रीले बताउनुभयो । उहाँका अनुसार मङ्गलवार दिउँसो उक्त नीलगाईको उद्धार गरी उपचार सुरु गरिएको थियो ।

आक्रमणमा परी घाइते भएको सो नीलगाईको जङ्गलमै पुगेर समूहका पदाधिकारी, एकीकृत भुपरिधी व्यवस्थापन आयोजनाका प्रतिनिधि तथा वन कर्मचारीको टोलीले उपचार सुरु गरेको र तत्पश्चात् उक्त नीलगाईलाई उद्धार गरी राप्ती सब डिभिजन वन कार्यालयमा पुर्‍याई पशु भेटेरिनरी डाक्टरले थप उपचार गर्ने क्रममा नीलगाईको मृत्यु भएको उहाँले बताउनुभयो।

मृत्यु भएको नीलगाईलाई सब डिभिजन वन कार्यालयको परिसरमा नियमानुसार प्रक्रिया पुर्‍याई खाडल खनी गाडिएको उहाँले जानकारी गराउनुभयो ।(गोरखापत्रबाट )

 

Next Post

तीन सःमिलमा छापा, सालको काठ बरामद

२०८० श्रावण १७, बुधबार १४:०६
 नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न तीन वटा सःमिलमा छापा मारेको छ । नेपालगन्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्दा सो काठ बरामद भएको हो । उहाँका अनुसार विभिन्न ठाउँबाट अवैध काठ ओसारपसार गरी चिरानका लागि जिल्लामा रहेका सःमिलमा राखेको भन्ने […]