नेपालमा आठ लाख ५७ हजार ८९५ जनामा कोरोना पुष्टि, देशभर कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या ५० लाख १२ हजार आठ सय २१ पुग्यो

  ।   २०७८ भाद्र २३, बुधबार ०७:२४

गुडन्यूज सहकर्मी
नेपालगन्ज । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५७ हजार आठ सय ९५ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ३१ हजार पुगेको छ भने ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय ७९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हिजो मात्रै पनि एक हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा दुई हजार ७२ जना सङ्क्रमणमुक्त भए भने २१ जनाको मृत्यु भएको थियो ।

अहिले नेपालमा तीस हजार तीन सय तीन जना सक्रिय सङ्क्रमित रहेकामा पाँच सय १४ जनाको आईसीयू र एक सय ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८० हजार चार सय जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या ५० लाख १२ हजार आठ सय २१ जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ५६ लाख तीन हजार सात सय ५७ जना पुगेको छ ।

Next Post

टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि भारतीय टिमको घोषणा

२०७८ भाद्र २३, बुधबार ०७:२४
काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि भारतले टिम घोषणा गरेको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुने प्रतियोगिताका लागि भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो । भारतले घोषणा गरेको टिममा रोहित शर्मा उपकप्तान छन् । कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप […]