टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि भारतीय टिमको घोषणा

  ।   २०७८ भाद्र २४, बिहीबार ०६:३३

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि भारतले टिम घोषणा गरेको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुने प्रतियोगिताका लागि भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो ।

भारतले घोषणा गरेको टिममा रोहित शर्मा उपकप्तान छन् । कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।

भारतले विश्वकपको पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ ।

सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।

भारतको टिममा केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्षर पटेल, भरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार र मोहमद शामी टिममा रहेका छन् ।

Next Post

नेपालमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, कसरी बच्ने ?

२०७८ भाद्र २४, बिहीबार ०६:३३
काठमाडौं । साउनयता नेपालमा फैलिइरहेको स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै पाल्पामा आठ जनाको मृत्यु भएको छ । त्यस्तै काभ्रेमा चार तथा गुल्मी, रामेछाप, सिन्धुली र पर्वतमा एक–एक जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ । प्रत्येक वर्ष देखिने […]