‘प्रादेशिक अस्पताललाई नमूना बनाउँछौं, लुम्बिनी प्रदेश सरकार’

  ।   २०७९ श्रावण १, आईतवार १८:३५

संवाददाता, बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरलाई नमूना अस्पताल बनाउनका लागि प्रदेश सरकारकाले कुनै पनि कार्य बाँकी नराख्ने बताउनुभएको छ ।

मुख्यमन्त्री केसीले प्रदेशको गौरवको आयोजना भएकाले बजेटको व्यवस्था जसरी भए पनि गर्ने र त्यसका लागि भएको जनशक्तिले जनताको सेवामा कुनै कन्जुस्याई नगर्न आग्रह गर्नुभयो ।

अब भौतिक संरचना कुनै पनि हिसावले कमी हुन नदिने प्रतिवद्धता गर्दै आगामी दिनमा सेवालाई पनि प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिर्दै त्यसका लागि सकरात्मक वातावरण सृजना गर्न सबैलाई आग्रह गर्नुभयो ।

यस्तै पूर्व संविधान सभा सदस्य विनोद पहाडीले अस्पतालको विकासका लागि मुख्यमन्त्रीले नेतृत्व लिएपछि सकरात्मक बन्दै गएको बताउँदै त्यसलाई अस्पताल प्रशासनले पनि अगाडि बढाइरहेको बताउनुभयो ।

अझै सरकारले निजी र साझेदारीमा आह्वान गरी अगाडि बढेमा धेरै काम गर्न सकिने पहाडीको भनाई छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव नरेन्द्र रानामगरले सेवा प्रवाहका लागि जनशक्तिमा कुनै पनि कन्जुस्याई नगरी त्यसका लागि आगामी दिनमा हालसम्म भएका जनशक्तिको कार्य प्रगति अनुसार अभाव रहेमा जनशक्ति थप गरिने बताउनुभयो ।

तर यदी जनशक्तिले सही ढंगले काम नगरेको भए त्यसलाई पुन विचार समेत गर्नुपर्ने बताउनुभयो । यस्तै स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य जस्तो संम्वेदनशील स्थानमा सबै जिम्मेवार भएर लाग्नका लागि अनुरोध गर्नुभयो ।

साथै उहाँले आजदेखि लुम्विनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा ओपिडी र इमर्जेन्सी टिकट तथा बेड सेवा निःशुल्क (फ्रि) भएको जानकारी गराउनुभयो ।

यसका लागी प्रदेश सरकारले एक करोड ५० लाख रुपैया बजेट बिनियोजन गरेको छ । यसैगरी प्रदेशका सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत पनि निःशुल्क रुपमा पाईने छ ।

रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसंचार सेवा केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसका लागी प्रदेश सरकारले ३ करोड रुपैयां बजेट छुट्टाएको छ ।

Next Post

संघीय राजनीतिक दल, कर्मचारीहरुले व्यवहारमा संघीयता विरोधी काम गरिरहेका छन : मन्त्री शर्मा

२०७९ श्रावण १, आईतवार १८:३५
संवाददाता, बुटवल। लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री एवं प्रवक्ता तिलकराम शर्मा (हिमाल) ले प्रदेशलाई बलियो बनाउने भन्दा पनि संघीय राजनीतिक दल, कर्मचारीहरुले व्यवहारमा संघीयता विरोधी काम गरिरहेको बताउनुभएको छ । गत असार ३१ गते बसेको मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री […]