राप्तीपारीको बिद्धुत बिस्तार रोक्न ठेकेदारको अर्को षड्यन्त्र

  ।   २०७७ कार्तिक २१, शुक्रबार २१:३८

नेपालगन्ज । ठेकेदार कम्पनीको लापरवाहीका कारण राप्तीपारीको बिद्धुत बिस्तार कार्यमा ढिलाइ भइरहरको बेला कामनै रोक्न अर्को षड्यन्त्र भएको स्थानिय बासीको आरोप छ ।

ठेकेदार कम्पनीले जिल्ला अदालत बाँकेमा दसै अघी मुद्दा थप गरेपछी जनताका बिरुद्ध षड्यन्त्र भइरहेको स्थानियको बुझाइ छ । ठेकेदारको षड्यन्त्र सँगै आफुहरु पनि आन्दोनलको तयारीमा रहेको सँघर्ष समितिका सँयोजक पट्टु थारुले जानकारी दिनु भएकोछ । दशक बितिसक्दा पनि काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का बिद्धुत प्राधिकरणले गत अशोज ६ गते रद्ध गरेको थियो । ठेक्का रद्ध भएपछी तिब्रगतिमा काम भइरहेको देखेर राप्तीपारी बत्तिबल्ने भयो भन्ने कुरामा सबै ढुक्क थिए । तर राप्तीपारीको बिद्धुतिकरणको ठेक्का लिएको गौरी पार्वती श्रीम उष्मा जे भी कम्पनीका प्रो प्राइटर राजेन्द्र मिश्रले यही दशै अघि ठेक्का रद्धको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेस गरिपाऊ भनि जिल्ला अदालत बाँकेमा थप निबेदन दिएपछी स्थानियहरु अर्को षड्यन्त्र भइरहेको भन्दै थप आक्रोसित भएकाछन । एक वर्ष अघिको मुद्दा चलिरहेको अवस्थामा मुद्दा थप्दै जाने र काम हुन नदिने षड्यन्त्र भइरहेको भन्ने स्थानियहरुको बुझाइ छ । ठेकेदार कम्पनीका प्रो प्राइटर राजेन्द्र मिश्रले दशै अघि मुद्दा थप गरेपछी जिल्ला अदालत बाँकेले बिद्धुत प्राधिकरण सँग ठेक्का रद्धको निर्णय मागेको थियो ।

प्राधिकरणले यही कार्तिक २० गते जिल्ला अदालत बाँके लाइ ठेक्का रद्धको निर्णय पेश गरिसकेको बिद्धुत प्राधिकरणलुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिनु भयो । डिभिजन कार्यालय प्रमुख ठाकुरका अनुसार यही २३ गते आइतवार बहसका लागि जिल्ला अदालत बाँकेले बोलाएको जानकारी दिनु भयो । यता सँघर्ष समितिका सँयोजक समेत रहेका संविधान सभा सदस्य पट्टु थारुले भने शसक्त आन्दोलन गरि जनताका पक्षमा र ठेकेदारका बिरुद्धमा जाने बताउनु भएको छ । उहाँका अनुसार अब हाम्रो अगाडी शसक्त आन्दोलनको बिकल्प नरहेको बताउनु भयो । यस्तै बाँके निर्वाचन क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले ठेकेदारले राप्तीपारीका जनता लाई ठुलो अन्याय गरेको बताउदै अब जनताले सहन नसक्ने अवस्था हुने बताउनु भयो । उहाले केही साता अघि मात्र पुनरावेदन अदालतले गरेको निर्णयले बिद्धुत प्राधिकरण लाई कामगर्ने बाटो खुलेको र काम पनि तिब्र गतिमा भइरहेकोले आफु खुसी भएको बताउनु भयो । उहाँले पुनराबेदनको नजिरले पनि ठेकेदारका पक्षमा नभइ जनताका पक्षमा फैसला हुने कुरामा आफु ढुक्क रहेको बताउनु भयो । यस्तै लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा के सी नमुनाले काम नगर्ने ठेकेदार लाई राज्यले कानुनको कठघरामा उभ्याउनु पर्ने जिकिर गर्नु भयो । उहाँले जनताकापक्षमा जनताको आन्दोलन लाई साथ दिने बताउनु भयो ।

नरैनापुर गाउँपालिका अध्यक्ष इिस्तयाक अहमद साहाले अब रआप्तीसोनारी र बघौडा बासीले कडा आन्दोलनमा उत्रन वाध्य हुने जनाउनु भयो । उहाँले जनताको पक्षमा नभइ ठेकेदारको पक्षमा कुनैपनि हालतमा फैसला हुनैनसक्ने कुरामा बिस्वास दिलाउनु भयो । ठेकेदार कम्पनीले पटक पटक म्याद थप गर्ने र काम नगर्ने भएको हुँदा दशक बितिसक्दा पनि राप्तीपारीको बिद्धुतीकरण हुन नसकेको प्राधिकरणको भनाइ छ । स्मरण रहोस राप्तीपारीको बिद्धुतीकरणका बिषयमा पछिल्नो चरणमा पटक पटक आन्दोलन हुँदै आएको छ ।

Next Post

बाँके जिल्लाबाट आज थप ३५ जना कोरोना जितेर घर फर्किदै

२०७७ कार्तिक २१, शुक्रबार २१:३८
बाँके । बाँके जिल्लाबाट आज (शनिबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ३५ जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १६ जना महिला र १९ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन […]