सबिता चन्द
दाङ । बुहारी घरमा नभेटेपछि ससुराको रुवाबासी भएको छ । लमही हाइवे होटलमा कामगर्दै खाने बमबहादुर खत्री होटेलको काम सकेर राती घर पुग्दा घरमा बुहारी नभेटेपछि रुवाबासी भएको हो ।
लमही-४ अर्नवा गाउँबाट बुहारी पवित्रा खत्री बेपत्ता भएको भन्दै ससुरा खत्रीले प्रहरीमा जानकारी गराएको बताउनु भयो । खत्रीले भन्नुभयो´ बुहारी मात्र कहाँहोर बुहारीसँग डेढ बर्षकी नातिनी पनि बेपत्ता भएकिछ । पवित्राले नातिनी लगेर कहाँ गइन्-गइन् ।` बमबहादुरका अनुसार छोरो अभिषेक खत्री विदेश जाने तयारीको लागि दाङकै घोराइमा पढ्न गएको बताउनु भयो ।
आफू साझ ५ बजे होटलमा काम गर्न जाने बुहारी घरमै बसेर नातिनी हुर्काउने काममा व्यस्त रहेको भन्दै बमबहादुरले दुख प्रकट गर्नुभयो । लमही प्रहरीलाई हिजो खबर गरेदेखि बुहारी र नातिनीको खोजी गरेपनि भेटाउन नसकेको उहाले बताउनु भयो ।बमबहादुरले बुहारी भेटाउने जोसुकैले मोबाईल नं. ९८२२८३९८५६ मा फोन गरेर जानकारी दिन समेत आग्रह गर्नुभयो ।





