कैलालीमा आजबाट निषेधाज्ञा

  ।   २०७७ भाद्र ४, बिहीबार ०६:२८

नेपालगन्ज । कैलालीमा आज राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यस अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यक वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन रोक लगाइएको छ अत्यावश्यक कामका लागि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउन प्रशासन कार्यालयले आग्रह गरेको छ ।

अत्यावश्यक सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । सम्पूर्ण व्यापार व्यवसाय सञ्चालनमा पनि रोक लगाइएको छ । डिपार्टमेन्ट स्टोर, सैलुन, ब्युटी पार्लर, जिमखाना, फुटपाथमा सञ्चालन हुने व्यापार, होटल तथा रेस्टुरेन्ट खोल्न पाइने छैन ।

खाद्यान्न, तरकारी, दूध, फलफुल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी खोल्न सकिने जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ । अत्यावश्यक कार्यालयमा कार्यरत कर्मचारीलाई भने फोटोसहितको परिचय पत्रका आधारमा सवारी सञ्चालन गर्न दिने निर्णय भएको छ ।

Next Post

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

२०७७ भाद्र ४, बिहीबार ०६:२८
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ ३ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई […]