साविक परीक्षा केन्द्र खारेज गर : विद्यार्थी

  ।   २०७९ फाल्गुन १०, बुधबार १४:३८

संवाददाता, नेपालगंज ।

साविक परीक्षा केन्द्र खारेज गरी नयाँ परीक्षा केन्द्र कायम गरिनुपर्ने माग सहित कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट नेपालगंजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन ।

विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै अनिश्चितकालिन रुपमा कलेज प्रशासनमा तालावन्दी समेत गरिएको छ ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनहरुको अगुवाईमा शुरु गरिएको संयुक्त आन्दोलन अन्र्तगत आज दिँउसो कलेजको गेटमा टायर बालेर विद्यार्थीहरुले पोखरा विश्वविद्यालय विरुद्ध चर्को नाराबाजी समेत गरे ।

पोखरा विश्वविद्यालय अन्र्तगत रहेको कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट नेपालगंजको परीक्षा केन्द्र अलपाइन म्यानेजमेन्ट कलेजमा कायम गरिएको छ ।

तर अलपाइनले आफना विद्यार्थीहरुलाई सहज वातावरण बनाईदिए पनि कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टका विद्यार्थीहरुलाई भने विगत देखी नै अत्याधिक लापरवाही र विभेद गर्ने गरेको आरोप लगाउदै तोकिएको परीक्षा केन्द्र प्रति विद्यार्थीहरुले असहमति जनाउदै आएका छन ।

हेर्नुहोस ध्यानाकर्षण पत्र समेत…

 

 

Next Post

बाल विवाह न्यूनिकरण गर्न बाँसगढीमा मावि तहका शिक्षकलाई अभिमुखिकरण

२०७९ फाल्गुन १०, बुधबार १४:३८
संवाददाता, नेपालगंज । बाल विवाह र यसका कानूनी प्रावधान तथा विद्यालयको बार्षिक योजनामा अतिरिक्त क्रियाकलापको सुनिश्चिता सम्बन्धि शिक्षकहरुलाई अभिमुखिकरण गराईएको छ । “बाल विवाह, चाँडै हुने विवाह तथा जबरजस्ती गरिने विवाह रोकथाम परियोजना” मार्फत बाँके युनेस्को क्लबले बाँसगढी नगरपालिकाको शिक्षा शाखा सँग समन्वय गरी नगरभित्रका सबै माध्यामिक बिद्यालयका शिक्षकहरुलाई अभिमुखिकरण गराएको […]