राप्रपाले बेहनालाई ५ वर्षको लागि कार्वाही गरेपछि……..

  ।   २०८० श्रावण ३०, मंगलवार २१:५६

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनमा पार्टीको नीति विपरित उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष पदका उम्मेदवारलाई पार्टीले कारबाही गरेका छ ।

राप्रपा बाँकेको अनुशासन समितिका संयोजक यमबहादुर रावतले मंगलबार विज्ञप्ती जारी गरी संघको उपाध्यक्ष (उद्योग) पदका साझा प्रजातान्त्रिक समूहका उम्मेदवार मो.सफिक बेहनालाई पार्टीको निर्णय विपरित आधिकारिक उम्मेदवारलाई हराउन उम्मेदवारी दिएकाले पार्टीको बाँके क्षेत्र नं. २ ख प्रदेश अध्यक्ष तथा सदस्य पद पनि नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाउनु भएको छ  । राप्रपा समावेशी प्यानलसँग चुनावी मैदानमा सहकार्य गरेर अघि बढेको छ ।

समावेशी प्यानलका सबै पदका उम्मेदवारहरुलाई बिजयी बनाउन पार्टी सम्बद्ध व्यापारीहरुलाई लाग्न निर्देश दिएको छ । आज एक प्रेस बिज्ञप्ति जारी गर्दै राप्रपाले मो. सफिकलाई पार्टीको विधि अनुसार नचलेको कारण ५ बर्षसम्मको लागि कार्वाही गरेको जनाएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ, ´ तपाईलाई मिति २०८०/ ०४/२९ गतेको अनुशासन समितिको निर्णय बमोजिम पार्टीको बिधान २०४८ र एकता महाधिवेशन २०७८ बाट संशोधित दफा ६ को उपदफा ४ झ बमोजिम बाँके क्षेत्र नं. २ ख प्रदेशको अध्यक्ष तथा सदस्य पद समेत नरहने गरि ५ बर्षका लागि कार्वाही गरि हटाएको व्यहोरा जानकारी गराइन्छ ।`       

Next Post

स्वर्गीय राजा विरेन्द्रको शालिक स्थापना समितिले सार्वजनिक गर्‍यो उपलब्धिहरु

२०८० श्रावण ३०, मंगलवार २१:५६
  सबिता चन्द नेपालगन्ज । पुर्व स्वर्गीय राजा विरेन्द्रको शालिक पुनास्थापना समितिले मंगलवार नेपालगन्जमा प्रेस मिटको आयोजना गरि संचारकर्मीहरुलाई आफुले गरेका उपलब्धिहरु प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । दुई महिना अघि गठन गरिएको सो समितिले के कति काम गर्‍यो भनेर सो उपलब्धि सार्वजनिक गरेको हो । समितिका संयोजक तेज […]