आन्तरिक उडान सबै बन्द

  ।   २०७८ बैशाख २१, मंगलवार ०८:३४

काठमाण्डौ । सबै आन्तरिक उडानहरु बन्द भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आइतवार बसेको मन्त्रिपरिषद् बैठकले गएरातिदेखि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार देशभरका सबै आन्तरिक उडानहरु बन्द भएका छन् । यस्तै आउँदो बिहीवारदेखि भारतबाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान बन्द हुनेछन् । सरकारले नेपाल भारतबीच एयर बलमा आधारित उडान भने कायम नै राखेको छ ।

भारतसँगको उडान पनि सङ्ख्या घटाएर हप्तामा दुईवटा कायम गरेको छ । ती उडानबाट नेपाल आउँदा अनिवार्य १० दिन सरकारले तोकेको होटेल क्वरेण्टीनमा बस्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेदको घोषणा

२०७८ बैशाख २१, मंगलवार ०८:३४
एजेन्सी । माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गर्नुभएको छ । धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । […]

सम्बन्धित समाचार