विप्लव नेतृत्वको नेकपा अब खुल्ला राजनीतिमा आउदै

वार्ता सकारात्मक, आज तीन बुँदे सहमति

  ।   २०७७ फाल्गुन २०, बिहीबार १३:५०

संवाददाता, नेपालगंज
नेपाल सरकार र नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री समेत रहनुभएका सरकारी वार्ता टोलीका प्रमुख राम बहादुर (थापा) बादल) र विप्लवको तर्फबाट प्रवक्ता तथा वार्ता टोली प्रमुख खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) ले हस्ताक्षर गर्नुभएको हो ।

सहमतिको विस्तृत विवरण भोली फागुन २१ गते दिँउसो २ बजे विशेष समारोहका बीच सार्वजनिक गरिनेछ ।

साथै नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा (ओली) र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट महासचिव नेत्र विक्रम (चन्द) विप्लव) ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सहमति अनुसार अब राजनीतिक बिषयहरुको समाधान संवाद माध्यमबाट गर्ने, शान्तिपुर्ण रुपमा राजनीतिक क्रियाकलापहरु संञ्चालन गर्ने र नेपाल सरकारले लगाएको पार्टीमाथीको प्रतिबन्ध हटाउने, सम्पुर्ण बन्दीको रिहाई, मुद्दा खारेजी लगायतका बिषयहरु छन ।

Next Post

शहरी क्षेत्रका महिला : खाली जग्गा, घरको छतमै तरकारी फलाउने आँट

२०७७ फाल्गुन २०, बिहीबार १३:५०
प्रेरणा गिरी, नेपालगंज । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ का २३ जना महिलाहरु कौसी (करेसाबारी) तरकारी खेती गर्न लागेका छन । उनीहरुले घरवरीपरी खाली रहेको जग्गा र घरको छतमै बिषाधिरहित अर्गेनिक तरकारी फलाउने आँट गरेका हुन । उनीहरुको आँट (हिम्मत) लाई देखेर वडा कार्यालयले तरकारीको बीउ तथा गमला, कुटो, हजारी लगायतका […]

सम्बन्धित समाचार