कांग्रेसको केन्द्रीय समिति बैठक शुरु, पहिलो पटक LIVE हेर्नुहोस

  ।   २०८० श्रावण २, मंगलवार १४:४१

संवाददाता ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको हो ।

झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्वका साथ हेरिएको छ । कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पनि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन । गएको मङ्सिरमा भएको चुनावको नतिजाबारे समेत कांग्रेसले केन्द्रीय समितिको बैठकमा समीक्षा र छलफल गर्न सकेको थिएन ।

हिजो सोमवार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । अहिले बैठकको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

Next Post

विद्यार्थीका बिचमा लुम्बिनी प्रदेशका सांसद काफ्ले

२०८० श्रावण २, मंगलवार १४:४१
नेपालगन्ज । लुम्बिनी प्रदेश समानुपातिक सांसद अम्बिका काफ्लेले विद्यार्थीहरुलाई संघीयता सम्बन्धि सिकाउनु भएको छ । सांसद काफ्लेले आज मंगलबार नेपालगन्ज-१९ शान्तिनगर स्थित ब्रीटिस अग्रेजी स्कुलका माध्यमिक स्तरीय विद्यार्थीहरुसँग सामाजिक अध्ययन बिषयको संघीयता शिर्षक पाठका सम्बन्धमा छलफल गर्नुभएको हो ।        सांसद काफ्लेले राजनीतिक दल भनेको के हो ?  […]

सम्बन्धित शीर्षक