कोहलपुरमा माओवादी एकलै चुनावमा होमिने

  ।   २०७९ बैशाख ७, बुधबार १३:४२

नेपालगन्ज । मेयरमा सर्ब सम्मत नरेन्द्र न्यौपाने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरले आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेको छ ।

सत्ताधारी गठबन्धको कुरा चलि रहेका बेला कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय भएको एक माओवादी नेताले जानकारी दिए । जसका लागी माओवादी केन्द्रले औपचारीक रुपमा उम्मेदवार पनि टुगो लगाएको छ । २०७४ सालको स्थानिय तह निर्वाचनमा प्रतिस्प्रर्धा गरेको र निर्वाचनमा पराजय पछि पनि निरन्तर जनतको घर दैलो र कोहलपुरको बिकासमा क्रियासील नरेन्द्र न्यौपानलेलाई सर्ब सम्मत उम्मेदवारका रुपमा प्रदेश समितीमा सिफारीस गर्ने निर्णय भएको एक माओवादी नेताले जानकारी दिनुभयो ।

माओवादी केन्द्र कोहलपुरको मंगलवार सम्पन्न नगर समितीको बैठकमा २०७४ पछि निर्वाचिन स्थानिय तहका जनप्रतिनिधीले जन अपेक्षा पुरा गर्न नसकेकाले अव जनताले कोहलपुरमा माओवादीको नेतृत्व खोजि गरी रहेकाले योग्य र सक्षम युवा उम्मेदवार लिएर मैदानमा जादा जित सुनिस्चित भएको ठहर सहित नरेन्द्र न्यौपानेलाई उम्मेदवार बनाएको हो । मेयरमा नरेन्द्र न्यौपाने सहित १३ वटा वडा अध्यक्षहरुको समेत टुगो लगाएको एक माओवादी नेताले बताउनु भयो । जस अनुसार कोहलपुर नगरपालिका वडा नं १ मा बद्रि प्रसाद जैसि हेमन्त , वडा नं २ मा अमर बिक , वडा नं ३ मा केशव रिजाल , कोहलपुर ५ मा कृष्ण थारु , कोहलपुर ६ मा राम शरण थारु , कोहलपुर ७ मा तेज बहादुर पुन , कोहलपुर ८ मा चन्द्र बुढा , कोहलपुर ९ मा ओपेन्द्र नाथ योगी , कोहलपुर १० मा कैलो बोहरा कुशल ,कोहलपुर १२ मा निरक शाही , कोहलपुर १३ मा मिना पुन , कोहलपुर १४ मा दान बहादुर वली निर्माण र कोहलपुर १५ मा राधेश्याम थारु लाई उम्मेदवार बनाउने निर्णय वडा कमिटी र नगर कमिटीले सर्ब सम्मत रुपमा गरेको छ । कोहलपुर ४ र ११ मा आंकाक्षीको संख्या १ भन्दा बढि रहेकाले सर्ब सम्मतको प्रयास भई रहेको श्रोतले जानकारी दिएको छ ।

बैठकका निर्वाचन परिचालनका लागी ३ ओटा कमाण्ड बनाए जिम्मेवारी बाडफाड समेत गरेको बताईइको छ । उप मेयर पदमा समेत १ भन्दा बढि आंकाक्षी रहेकाले सर्व सम्मतको प्रयास भई रहेको एक माओवादी नेताले बताए । उप मेयरमा रेणुका खड्का , साबित्रा पुन , बिण्णु चौधरी , कौशिल्या खड्का , र अवराज खड्काको दाबेदारी रहेको बुझिएको छ ।

Next Post

नेपालगन्ज माओवादीको असन्तुष्टि, अपमान नसहने चेतावनी

२०७९ बैशाख ७, बुधबार १३:४२
 नेपालगन्ज । नेपालगन्ज माओवादी केन्द्रले मेयर/उपमेयर मध्य कुनै पनि पद नपाएपछि प्रेस विज्ञप्ति मार्फत आफ्नो  असन्तुष्टि व्यक्त गरेको छ । गठबन्धनले नेपालगन्जका माओवादी माथी अन्याय गरेको  नेपालगन्ज उपमहानगर  अध्यक्ष रतन बहादुर शाही र सचिब प्रेम शाहा द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । सो विज्ञप्तिमा भनिएको छ,´ यतिबेला सिङ्गो […]