नेपालगन्ज माओवादीको असन्तुष्टि, अपमान नसहने चेतावनी

  ।   २०७९ बैशाख ७, बुधबार २२:०८

 नेपालगन्ज ।

नेपालगन्ज माओवादी केन्द्रले मेयर/उपमेयर मध्य कुनै पनि पद नपाएपछि प्रेस विज्ञप्ति मार्फत आफ्नो  असन्तुष्टि व्यक्त गरेको छ ।

गठबन्धनले नेपालगन्जका माओवादी माथी अन्याय गरेको  नेपालगन्ज उपमहानगर  अध्यक्ष रतन बहादुर शाही र सचिब प्रेम शाहा द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । सो विज्ञप्तिमा भनिएको छ,´ यतिबेला सिङ्गो देश निर्वाचनमा केन्द्रित भइरहेको छ ।

हाम्रो पार्टी लगायत ५ दलिय गठबन्धन गरि निर्वाचनमा होमिने कुराको स्वागत गर्द छौँ ।

तर गठबन्धनको नाममा पश्चिम नेपालको केन्द्रको रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ वटा वडा अध्यक्ष सहित सम्मान जनक तेस्रो स्थानमा रहेको र पछिल्लो पटक हाम्रो पार्टी संगठन बलियो हुँदै गएको र गठबन्धन दलहरु बीच प्रतिस्पर्धा हुने हुदा केन्द्रिय गठबन्धन कार्यदलले गरेको निर्णय हाम्रो लागि अव्यावहारिक र अपमानजनक भएकोले मैत्रीपुर्ण एकल प्रतिस्पर्धा गर्ने वातावरणको सृजना गरियोस् ।`


बिज्ञप्ति जारी गर्दै अध्यक्ष लगायत नेपालगन्ज उपमहानगर इन्चार्ज नवीन शर्माले नेपालगन्ज पार्टीको अपमान भएको ठहर गर्नु भएको छ ।

केन्द्रिय गठबन्धनको निर्णय बाहिरिने बित्तिकै नेपालगन्ज उपमहानगरपालिकाका माओवादी आफ्नो पार्टी कार्यालय सेतु बिक चोकमा भिड लागेको थियो ।

नेता कार्यकर्ताहरुको घुइँचोले आ-आफ्नो विश्लेषण गरेका थिए । नेपालगन्ज उपमहानगर पार्टीको बैठकले नेपालगन्जमा यसपटक एकलौटी रुपमा जित्ने संभावना हुदाहुदै पनि नेपालगन्ज माओवादी माथी अन्याय भएको ठहर गर्दै बिरोध जनाएको छ ।

अध्यक्ष शाही र सचिब शाह द्वारा  हस्ताक्षरित विज्ञप्तिको पुणपाठ यस प्रकार रहेको छ ।

Next Post

सम्बन्धित समाचार