बाँके जिल्लाबाट आज थप २३ जना कोेरोना जितेर घर फर्किदै

  ।   २०७७ आश्विन ११, आईतवार ०८:१५

बाँके । बाँके जिल्लाबाट आज (आइतबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका २३ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ११ जना महिला र १२ पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार ४३४ पुगेको छ ।

बाँकेमा हालसम्म एक हजार ८०५ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये १२ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३६६ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ७९.४५ प्रतिशत, मृत्यु दर ०.६६ प्रतिशत र रोगको प्रकोप दर ०.३० प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

त्रिविको रोकिएको परीक्षा छठपछि, फारम भरिसक्नेहरुको पहिले हुने

२०७७ आश्विन ११, आईतवार ०८:१५
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण रोकिएका परीक्षाहरु छठपछि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालनका लागि तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय पनि भइसकेको त्रिविले जनाएको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन […]