नेपालगन्ज जेसिजले उदाहरणीय काम गर्‍यो- उपमेयर थापा

  ।   २०७७ भाद्र २४, बुधबार २२:०८

नेपालगन्ज । नेपालगन्ज जेसिजले गर्दै आएको विभिन्न अभियानको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले प्रशंसा गर्नु भयो । आज बुधबार जेसिजले जेसिज सप्ताहको चौथो दिन कोरोना रोकथामको लागि जनचेतना मुलक कार्यक्रम गरेपछि उपमेयर थापाले प्रशंसा गर्नु भएको हो ।

जेसिजले नेपालगका विभिन्न ठाउमा कोरोना संक्रमण हुन नदिन तपाईंको मास्क खै ? शारीरिक दुरि कम्तिमा २ मिटर गर्नु पर्छ भन्ने ब्यानर र बोलीबाट चेतना फैलाएको नेपालगन्ज जेसिजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले चोथो दिनमा समुदायमा कोरोना संक्रमण फैलन नदिन उपयुक्त कार्यक्रम गरेको भन्दै यो भन्दा अगाडि रक्तदान, वाटरपार्क सरसफाइ समेत गरेको दावी गर्नुभयो ।

कार्यक्रममा जेसिज सप्ताह अन्तर्गत पाँचौ कार्यक्रम आउने आइतबार हुने अध्यक्ष जेसि श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक रेशमलाल चापागाईंले गर्नु भएको थियो भने शुभकामना पुर्व अध्यक्ष दमन श्रेष्ठले दिनुभएको थियो ।

उपमेयर थापाको प्रमुख अतिथ्यतामा शुरु भएको कार्यक्रममा नेपालगन्जका पुर्व अध्यक्षहरु जेसि बिशाल बिक्रम बर्मा, जेसि सुनिल कुमार गुप्त, जेसि जन्मजय बर्नवाल, जेसि आनन्द बहादुर कर्माचार्य त्यसै गरि जुनियर जेसिजका अध्यक्ष बिमला श्रेष्ठ, संयोजक रेशमलाल चापागाईं, सहयोगी जुनियर जेसि आकाश, लगायत जेसिज तथा जुनियर जेसिजका सदस्यहरुको उपस्थित रहेको थियो । सो कार्यक्रम महासचिव माधव प्रसाद बेल्बासेले सन्चालन गर्नुभएको थियो ।

Next Post

एकै दिनमा ७३ जनामा कोरोना पुष्टि

२०७७ भाद्र २४, बुधबार २२:०८
बाँके । बाँके जिल्लामा आज बुधबार साझ सम्म ७३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भेरी अस्पताल पिसिआर ल्याबबाट पहिलो लटमा ५२ जना, दोस्रो लटमा १९ जना र बागेश्वरी ल्याबबाट दुई जना गरि जम्मा ७३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको फोकल पर्शन नरेश बाबु श्रेष्ठले जारी गरेको रिपोर्टमा उल्लेख […]