नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ९० हजार नाघ्यो

  ।   २०७७ कार्तिक २२, शनिबार १६:५१

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ९० हजार नाघेको छ ।

गएको २४ घण्टामा दुई हजार सात सय ५३ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक लाख ९१ हजार छ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ५५ हजार एक सय १४ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ ।

Next Post

संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न पूर्वसभामुखहरुको आग्रह

२०७७ कार्तिक २२, शनिबार १६:५१
काठमाडौं । पूर्वसभामुखहरुले संघीय संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । संक्रमणकालीन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डो¥याउन पनि संसद्को आवश्यकता रहने भएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्वसभामुखहरुले आग्रह गरेका हुन् । संसद्को आवश्यकता लोकतन्त्रमा महत्त्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने […]