एकले अर्काको प्रस्तुति नसुन्ने परम्पराले जिल्लाको समृद्धि नहुने – सांसद अथकको चिन्ता

  ।   २०७७ भाद्र २१, आईतवार १९:३७

नेपालगन्ज । बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले स्थानिय पालिकाहरुले योजनाका बारेमा एक अर्काको राम्रा पक्षहरुको सिकाइ गर्नुपर्ने बताउनु भएकोछ । उहाले जिल्ला भित्रका गाऊपालिका वा नगरपालिकाले ल्याएका राम्रा योजनाहरु एक अर्काले अनुसरण गरे मात्र जिल्लाको समृद्धि हुने बताउनु भयो । आइतबार जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको स्थानिय तहको समीक्षा कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।

सांसद अथकले आफ्नो प्रस्तुती राखेर बाहिरिने जस्ता कार्यले एक अर्कामा सिकाइ नहुने भन्दै दुख ब्यक्त गर्नु भयो । बाँकेका आठवटै पालिकाले अा-आफ्नो पालिकाले गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । सुरुमा सबै पालिकाका प्रमुख उप प्रमुख सहित कार्यकारी अधिकृतहरुको सहभागिता भएपनि कार्यक्रमको अन्त्यतिर कार्यक्रम हल खाली जस्तै भएको थियो ।

समीक्षा कार्यक्रममा सँघिय साँसद मो. इस्तियाक राई प्रदेश सांसद आइ पि खरेल कृष्णा के.सी. (नमुना) याकुब अन्सारी सहित सबै स्थानिय तहका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानिय पालिकाहरुले आ-आफ्ना पालिकाको योजना बजेटको अवस्था योजना कार्यान्वयनको अवस्था र चुनौतीका लगायतका सवालमा आ-आफ्नो प्रस्तुती राखेका थिए ।

Next Post

नेपालगन्जमा संक्रमित थप एकको मृत्यु

२०७७ भाद्र २१, आईतवार १९:३७
नेपालगन्ज । नेपालगन्ज वडा नं. ९ का ५९ बर्षिय एक पुरुषको आइतबार साझ ८:३० मृत्यु भएको छ । मृतक संक्रमितको भदौ १५ गते कोरोना पोजेटिभ पुष्टि भएको हो । भदौ १८ गते भर्ना हुनुभएका संक्रमित युवराज विक्रम घलेलाई मुटुको रक्त नलि बन्दहुने समस्या भएको फोकल पर्शन नरेश बाबु श्रेष्ठले जारी […]