छोराको सम्झनामा रोका दम्पत्तीले खानेपानीकोे धारा निर्माण गरे

  ।   २०८१ भाद्र १६, आईतवार २२:२३

नेपालगञ्ज । बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पत्तिले छोराको स्मृतिमा पिउनेपानीको धारा निर्माण गर्नुभएको छ ।

जेष्ठ सुपुत्र अर्जुन रोकाक्षेत्रीको निधन भएको ४५ औं दिनको पुण्यतिथिको सन्दर्भ पारेर आईतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरि सञ्चालनमा ल्याइएको छ । स्व. अर्जुनका बुवा चोकबहादुर र आमा खिमा रोकाले आईतबार संयुक्तरुपमा खानेपानी धाराको शुभारम्भ गर्नुभयो ।

स्थानीय सर्वसाधारण तथा बटुवालाई लक्षित गरि उनीहरुको सहजताका लागि खानेपानीको धारा निर्माण गरिएको स्व. अर्जुन रोकाका पिता चोकबहादुरले बताउनुभयो । २६ बर्षिय अर्जुन रोकायको गत साउन ४ गते नेपालगञ्जको धम्बोझीमा मोटरसाईकल दुर्घटनामा परेर निधन भएको हो । स्व.अर्जुन रोकाको २६ औं जन्मदिनको सन्दर्भ पारेर भदौं १९ गते वडा कार्यालयमा बृक्षारोपण गरिने भएको छ ।

Next Post

पुर्वप्रधानमन्त्री प्रचण्डले गर्नुभयो, नेपालगन्ज आइसिपीको अबलोकन

२०८१ भाद्र १६, आईतवार २२:२३
नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगन्जस्थित एकीकृत जाँच चौकी ९आइसिपी०को अवलोकन गर्नुभएको छ । अध्यक्ष प्रचण्डले सोमबार बिहान नेपाल भारत सिमास्थित एकीकृत जाँच चौकी (आइसिपी)को अवलोकन गर्नुभएको हो । जाँच चौकी अवलोकनका क्रममा भन्सार कार्यालय नेपालगन्जका निमित्त प्रमुख भन्सार अधिकृत एवम् सूचना अधिकारी पूर्ण […]