थप २ हजार ७५ जनामा कोरोना पुष्टि, झण्डै २ हजार ४ सय जना सङ्क्रमणमुक्त

  ।   २०७८ भाद्र ५, शनिबार १७:२६

काठमाण्डौ । पछिल्लो २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार सात सय तीन जनाको पीसीआर र पाँच हजार तीन सय ७२ जनाको एन्टिजेन गरी १३ हजार ७५ जनाको नमूना परीक्षण गर्दा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्क्रमण कुल परीक्षणमा १५ दशमलव ८६ प्रतिशतमा हो ।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख २५ हजार सात सय २२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ८२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९५ हजार नौ सय २५ जना पुगेको छ ।

थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय ८५ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार तीन सय २१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय १८ जनाको आईसीयू र एक सय ६६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

Next Post

कर्मचारीलाई सङ्घर्षका कार्यक्रम स्थगित गर्न प्राधिकरणको आग्रह

२०७८ भाद्र ५, शनिबार १७:२६
काठमाण्डौ । नेपाल नागरिक उड्ड्ययन प्राधिकरण (क्यान)ले आन्दोलनरत प्राधिकरणभित्र क्रियाशील कर्मचारी ट्रेड युनियनलाई सङ्घर्षका कार्यक्रम स्थगित गर्न अनुरोध गरेको छ । प्राधिकरण विभाजन विधेयक संसदीय समितिमा रहेकाले त्यहाँ छलफल गरेर अघि बढ्न सकिने भन्दै प्राधिकरण व्यवस्थापनले आन्दोलनरत सम्पूर्ण क्रियाशील कर्मचारी युनियन, पेसागत सङ्घ/सङ्गठन तथा आम कर्मचारी वर्गमा सञ्चालित विरोधका कार्यक्रम […]

सम्बन्धित शीर्षक