युनेस्को बाँकेद्धारा कतार च्यारिटिको सहयोगमा भव्य रुपले मनाइयो बालदिवस

  ।   २०७९ भाद्र ३०, बिहीबार ११:४३

    नेपालगञ्ज । बाँके युनेस्को क्लबले कतार च्यारिटिको सहयोगमा नेपालगञ्जको एक विद्यालयमा विभिन्न अतिरिक्त क्रियाक्लापको आयोजना गरेर राष्टिय बाल दिवस २०७९ भव्य रुपमा मनाईएको छ ।

नेपालगञ्ज ६ मा रहेको साईनिंग फ्युचर एकेडेमी नामक विद्यालयमा क्लबद्धारा मनाईएको बाल दिवसमा सो विद्यालयका विद्यार्थिहरुविच बालअधिकारलाई विषय बनाएर  हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, लेखन प्रतियोगिता र नात प्रतियोगिताको आयोजना गरिएको थियो ।
अधिकांश अनाथ र अति विपन्न परिवारका बालबालिकाहरु अध्ययन गर्ने सो विद्यालयमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा अनाथ बालिका तमन्ना शेष नेतृत्वको टोली प्रथम, अनाथ बालिका कोहिनुर खान नेतृत्वको टोली द्धितिय र अनाथ बालिका रेशमा खान नेतृत्वको टोलीले तृतिय स्थान हासिल गरेको छ । सोही प्रकारले लेखन प्रतियोगितामा कक्षा दुईका अब्दुल लतिफ खान प्रथम, कक्षा ३ का गुलशन खान द्धितिय र कक्षा ३ कै सुवालेह खान तृतिय भएका थिए ।                    यसैगरि वक्तृत्वकला प्रतियोगितामा कक्षा ७ का सिमा खान प्रथम, कक्षा ७ कै अनाथ बालिका तमन्ना शेष द्धितिय र कक्षा ७ कै साहिल खान तृतिय भएका थिए । सोही प्रकारले नातिया मुकाबिलामा कक्षा ४ का कोहिनुर खान प्रथम, कक्षा ३ का सय्यद अलि बेहना द्धितिय र कक्षा ३ कै अब्दुल सत्तार द्धितिय भएका थिए ।                   साईनिंग फ्युचर एकेडेमीका अध्यक्ष ओबेदुर रहमान खानको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, क्लबका संस्थापक तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, साईनिंग फ्युचर एकेडेमीका कार्यकारी निर्देशक जैद अहमद खान, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, विद्यालयका प्रधानाध्यापक अब्दुल गफ्फार खान र क्लबका कार्यक्रम अधिकृत गुलाम गौस र फिल्ड सुपरवाइजर विशेष गुप्ताले विजयी विद्यार्थिहरुलाई पुरस्कार वितरण गर्नु भयो ।
सो अवसरमा बोल्ने अतिथिहरुले बालबालिकाका लागि बालअधिकार र बाल संरक्षण अतिनै महत्वपुर्ण रहेको कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा ठुलो संख्यामा बालबालिकाको सहभागिता रहेको थियो ।

Next Post

भदौं ३० पछि अब दर्ता नभएका मोबाइल फोन नचल्ने

२०७९ भाद्र ३०, बिहीबार ११:४३
संवाददाता । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । आजदेखि यो प्रणाली लागू गरिएसँगै अब दर्ता नभएका मोबाइल फोन नेपालमा सञ्चालन हुन पाउने छैनन् । मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्न यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ । यो प्रणाली […]