जनविरोधी सरकारको भण्डाफोर गर्दै जानु पर्छ : नेता केसी

  ।   २०७८ जेष्ठ २४, सोमबार २२:१५

नेपालगन्ज । संगठन नेपाल, लुम्बनी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक संयोजक मानसिंह विश्वकर्माको अध्यक्षतामा  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्थायी समिति सदस्य वर्षमान पुनमगर, नेपाल कम्युनिष्ट पार्टी प्रदेश इन्चार्ज कुलप्रसाद केसी (सोनाम), लुम्बिनी प्रदेशका अध्यक्ष ओनसरी घर्तीमगर, प्रेस संगठन नेपालका केन्द्रीय संयोजक महेश्वर दाहाल, नेकपा (माओवादी केन्द्र) सचिव जगप्रसाद शर्मा संगठनका प्रेस संगठनका कार्यालय सदस्य विष्णु सापकोटा, प्रेस संगठन नेपालका केन्द्रीय कार्यालय सदस्य मनोज घर्तीमगर, प्रेस संगठन लुम्बिनी प्रदेशका सह–इन्चार्ज सुशिल पोख्रेल लगायतको केन्द्रीय समितिको सदस्यहरुको प्रदेश पदाधीकारी प्रदेशका समितिका सदस्यहरुको सहभागीतामा सोमबार सम्पन्न भएको छ ।
बैठकमा नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इन्चार्ज कुलप्रसाद केसी सोनामले देश केपी शर्मा ओली र विद्यादेवी भण्डारीले देशमा र प्रदेशमा मुख्यमन्त्री शंकर पोख्रेलेले मनपरी गर्दै गणतन्त्रलाई नै धरापमा पार्दै गइरहेका बताउँदै त्यसको विरुद्धमा देशभक्त सचेत नागरिकहरु एक जुट भइ संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले परिवर्तनको उपलब्धीहरुको रक्षा गर्नका लागि मनमरी तन्त्रको विरुद्धको संघर्षमा एक भएर परिणाम मुखी आन्दोनन गर्नका लागि जनमत तयार गर्नका लागि अनुरोध गर्नुभयो । साथै उहाँले जनमुखि पार्टी निर्माणका लागि समेत अगाडि बढ्न अपिल गर्नुभयो । जनविरोधी सरकारको भण्डाफोर गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश अध्यक्ष ओनसरी घर्तीमगरले पत्रकारहरु यति बेला देशमा भइरहको मनपरी तन्त्र र अराजनीतक गतिविधीका साथ सञ्चालन गरिरहेको सरकारका विरुद्धमा सिंगो नेपाललाई जनमत तयार गर्दै सडक, सदन र न्यायलयबाट संघर्ष गरिने बताउनुभयो । उहाँले परिवर्तनलाई संँस्थागत गर्नका लागि प्रेस संगठनको भूमिका अहम भएकोले भूमिका निर्वाह गर्न अपिल गर्नुभयो । लुम्बिनी प्रदेशमा केपी शर्मा आलीको नेतृत्वमा रहेको एमाले र मुख्यमन्त्रीले चलाई रहेको प्रतिगमनकारी विरुद्धमा लाग्नु पर्ने बताउनुभयो । जनमुखी पार्टी निर्माणको लागि लाग्दै जनसेवाको काम गर्नपर्नेु पर्ने बताउनुभयो ।

बैठकले श्रमजिवी जनताको मुक्तिका लागि जीवन आहुती दिने जनपक्षिय पत्रकार कृष्ण सेन लगायत जनयुद्ध, जनआन्दोलन लगायत तमाम परिवर्तनकारी आन्दोलनका ज्ञात–अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ साथै साथै यो कोरोनामहामारीबाट निधन भएका मृत्यकहरु श्रद्धाञ्जली व्यक्त गर्दै साथै संगठनका केन्द्रीय कार्यालय सदस्य एवं हाम्रो संगठनका पार्टी विभागिय इन्चार्ज मौसम रोकामगर, संगठनका नेता तथा सदस्यहरु लगायत तमाम उपचारत विरामीहरुमा सबैमा शिघ्र स्वास्थ्य लाभको कामना समेत गरको छ ।

बैठकमा कोरोनाको महामारीमा लुम्बिनी प्रदेशको बैठकमा प्रेस संगठन लुम्बिनी प्रदेशका संयोजक मानसिंह विश्वकर्मा र पत्रकार महासंघ लुम्बिनी प्रदेशका बसन्त गिरीले पार्टीको प्रचार रणनीति पार्टीलाई आगामी दिनमा अगाडि बढाउनको लागि सुझाव पेश गर्नुभएको थियो ।

बैठकले जनताको त्याग, तपस्या, शहीदको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथी देशमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमोटोमा संसद विगठन, प्रदेश प्रमुखको नियुक्ति लगायत असमबैधानिक एवं प्रतिगामी कदमलाई सच्याउन, लुम्बिनीमा मुख्यमन्त्री शंकर पोख्रेलले गरेका मनपरी अराजनैतिक गतिविधीका विरुद्धमा जन दवाप सृजना गर्दै जनताको पक्षमा फैसला गर्नका लागि सम्मानीय अदालतलाई आग्रह गर्ने, र जनतालाई सत्य तथ्य सूचना प्रवाह गरी गणतन्त्र रक्षाका लागि जनमत सृजना गर्ने, बुकलेट प्रकाशन गर्ने नयाँ  २०७८ सालमा एउटा संगठनको बुकटले तयारीका लागि सबैले लेख रचनाका लागि तयारी गर्ने लगायतको निर्णय गरेको छ ।यसैगरी कोरोनाको महामारीका बेलामा नेपाली जनताको जीवन सुरक्षाका लागि  कोरोनाको उपचार, औषधीको व्यवस्थापन तथा आपुर्ति, स्वास्थ्यकर्मीको सुरक्षा लगायतको विषयमा ध्यान दिनका लागि सरकारको ध्यान आकर्षण गराउने, कोरोनाको कारणले जागिरबाट बञ्चितहुन पुगेका पत्रकार, तलब नपाएका पत्रकारहरुको यथाशिघ्र रोजगारको ग्यारेन्टी गर्न तथा पत्रकारको तलब उलब्ध गराउनको लागि सञ्चारगृहलाई आग्रह गर्ने, २०७८/८९ को बजेट निर्माण गर्दा प्रदेश सरकार, स्थानीयतहरुलाई पत्रकार एवं सञ्चार मैत्री बजेट निर्माण गर्नका लागि अनुरोध गर्ने, आर्थिक वर्ष २०७७/७८ को सूचना विभागबाट उपलबध गराउन लोककल्याणकारी विज्ञापनबापत दिने रकम भुक्तानी कोरोनाको कारणले प्रकाशन गृहले समयमा विल पठाउन नसकेको अवस्थामा र जिल्ला हुलाक कार्यलयले भुक्तानी नदिएकोले यस विषयमा पत्रकार महासंघ, सूचना विभाग, प्रेस काउनिसलसँग समन्वय गरी उपलब्ध गराउन पहल गर्न निर्णय गरेको संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो । साथै आगामी २९ गते शनिबारका दिन ११ बजे प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको छ ।

अन्तमा प्रदेश कमिटीको बैठक प्रमुख अतिथि नेकपा (माओवादी) केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनमगर, नेकपा (माओवादी) केन्द्रका प्रदेश कमिटीका इन्चार्ज कुलप्रसाद केसी सोनाम, नेकपा (माओवादी) केन्द्रका प्रदेश कमिटीका अध्यक्ष ओनसरी घर्ती, प्रेस संगठन नेपालका केन्द्रीय संयोजक महेश दाहाल, संगठन नेता गोविन्द आचार्य, विष्णु सापकोटा, मनोज घर्ती, संगठनका केन्द्रीय सदस्य बैठकको प्राविधिक रुपमा सञ्चालन गर्ने डिल्ली मल्ल लगएतका सहभागीहरुलाई धन्यवाद व्यक्त गरेको छ ।

Next Post

युनेस्को क्लबद्धारा नेपालगन्जका अति विपन्न परिवारलाई खाद्यान्न राहात वितरण

२०७८ जेष्ठ २४, सोमबार २२:१५
सुर्य प्रसाद धिताल नेपालगञ्ज । बाँके युनेस्को क्लबले कोरोनाले गर्दा अत्याधिक आर्थिक संकटमा परेर जिविका चलाउन समस्या भएका नेपालगञ्ज उपमहानगरपालिका भित्रका ३६५ विपन्न परिवारलाई खाद्यान्न राहात वितरण गर्न शुरु गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको ‘समुदायका लागि खाद्यान्न सहयोग कार्यक्रम’ अन्तर्गत उपमहानगरपालिकासंगको समन्वयमा सो खाद्यान्न राहात […]