बाँकेमा आज नेकपा नेता कोइराला संगै ४१ जनामा कोरोना पुष्टि

  ।   २०७७ भाद्र २१, आईतवार २२:५३

बाँके । बाँके जिल्लामा आज आइतबार नेकपा सचिब अशोक कोइराला संगै ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल पिसिआर ल्याबबाट ३८ जना र बागेश्वरी ल्याबबाट ३ जनामा कोरोना पोजेटिभ देखिएपछि संक्रमितहरुको संख्या ४१ पुगेको हो । यो संगै हालसम्म बाँकेमा कोरोन संक्रमित संख्या १२ सय ५१ पुगेको फोकल पर्शन नरेश श्रेष्ठले जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

अग्र मोर्चामा जनताको सेवा गर्दा गर्दै नेता कोइरालालाई कोरोना पोजेटिभ देखिएको हो । यस्तै नेकपा बाँके संगठन बिभाग प्रमुख रत्न खत्रीलाई पनि कोरोना संक्रमण देखापरे पछि आइसोलेसनमा उपचाररत हुनुहुन्छ । पछिल्लो पटक नेता, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मीमा कोरोना देखा पर्न थालेको छ ।

कोरोन संक्रमित मध्य ८ जना महिला र ३३ जना पुरुष हुन् । हालसम्म कोरोना जितेर घरफर्किनेको संख्या ८ सय २५ पुगेको छ भने ४ सय २० जना विभिन्न आइसोलेसन उपचाररत छन् । अहिलेसम्म ७ जनाको संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

 

Next Post

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि तीन वटा स्वास्थ्य संस्था सील

२०७७ भाद्र २१, आईतवार २२:५३
दाङ । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दाङको तुलसीपुरका तीन वटा स्वास्थ्य संस्थालाई सील गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणमा चार जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि तुलसीपुर–१८ मा रहेको हेमन्तपुर स्वास्थ्य चौकी, तुलसीपुर–१ मा रहेको पवननगर स्वास्थ्य चौकी र तुलसीपुर–१७ मा […]

सम्बन्धित शीर्षक