विक्रमादित्यले चलाएको सम्वत् : नयाँ वर्ष २०८० साल सुरु

  ।   २०८० बैशाख १, शुक्रबार १२:४६

फोटो २०७९ सालमा देखिएको दृष्य, अस्ताउदै गरेको सुर्य ।

संवाददाता ।

आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गर्नुभएको छ ।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ ।

आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो ।

नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ । विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ ।

विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् ।

Next Post

गुण्डा नाइके दाजुभाइको प्रहरी घेराभित्रै हत्या

२०८० बैशाख १, शुक्रबार १२:४६
संवाददाता । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा गुण्डा नाइके दाजुभाइको प्रहरी घेराबीच हत्या भएको छ । शनिबार राति १० बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै गर्दा गुण्डा नाइकेद्वय एवं राजनीतिकर्मीद्वय अतिक अहमद र असरफ अहमदको प्रहरी घेरामै गोली हानी हत्या गरिएको हो । गुण्डा नाइकेबाट राजनीतिकर्मी बनेका उनीहरु मिडियासँग कुरा गर्दै […]