गुण्डा नाइके दाजुभाइको प्रहरी घेराभित्रै हत्या

  ।   २०८० बैशाख ३, आईतवार १७:२०

संवाददाता ।

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा गुण्डा नाइके दाजुभाइको प्रहरी घेराबीच हत्या भएको छ ।

शनिबार राति १० बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै गर्दा गुण्डा नाइकेद्वय एवं राजनीतिकर्मीद्वय अतिक अहमद र असरफ अहमदको प्रहरी घेरामै गोली हानी हत्या गरिएको हो ।

गुण्डा नाइकेबाट राजनीतिकर्मी बनेका उनीहरु मिडियासँग कुरा गर्दै अघि बढेको बेला भीडबाट उनीहरुमाथि गोली प्रहार भएको थियो । गोली हानेको दृष्य पनि क्यामेरामा कैद भएको छ ।

घटनालगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लवलेश तिवारी, अरुण मौर्य र सनी कासगञ्ज रहेका छन् । उनीहरु रिपोर्टर बनेर अहमद दाजुभाईको नजिक पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उत्तर प्रदेश विधानसभामा चार पटक सांसद रहिसकेका अतिक अहमदमाथि अपहरण, हत्या, असुली, बलात्कार लगायत एक सय बढी आरोपहरु विभिन्न अदालतमा विचाराधीन छन् ।

४४ वर्ष अघि उमेश पाल नामक ब्यक्तिको अहरणपछि हत्या गरेको आरोपमा गत महिना अदालतले अतिकलाई जन्मकैदको सजाय सुनाएको थियो ।

अतिक अहमदका हरेक बदमासीमा उनका भाइ असरफको साथ रहने गरेको पनि प्रहरीको भनाइ छ । अतिक अहमदका छोरा र छोराका साथी दुई दिन अघि झाँसीमा प्रहरी कारबाहीमा मारिएका थिए ।

इमेज खबर डटकमबाट

Next Post

नेपालकै पुरानो ज्योति निवास चर्च नेपालगन्जका पास्टर श्रेष्ठको अन्त्यष्टी

२०८० बैशाख ३, आईतवार १७:२०
संवाददाता, नेपालगन्ज । सदभावको सहर नेपालगन्जको नेपालकै पुरानो ज्योति निवास चर्चका पास्टर बेन्जामिन श्रेष्ठको अन्त्यष्ठिमा बागेश्वरी मन्दिरका मुल महन्त चन्दनाथ बाबाले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । सोमबार बिहान साढे चार बजे आफ्नै निवास नेपालगन्जको फुल्ट्रेकामा पास्टर श्रेष्ठको निधन भएको हो । लामो समय देखि क्यान्सर पीडित स्वर्गीय पास्टर श्रेष्ठले […]