अध्ययन भन्छ : कोरोनाभाइरस ब्याङ्क नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रहन्छ

  ।   २०७७ आश्विन २६, सोमबार ०७:१९

कोभिड–१९ रोग गराउने कोरोनाभाइरस ब्याङ्क नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन ।

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित रहनसक्छ । तर अनुसन्धानकर्ताहरूले यो प्रयोग अँध्यारो अवस्थामा गरेका हुन ।

परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइसकेको छ । तर कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने सङ्क्रमणको जोखिमबारे शङ्का प्रकट गरेका छन ।

यो भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्छ । यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स (कोभ–२ भाइरस ब्याङ्क नोट वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो ।

भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएका थिए । अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा भने भाइरस निकै जन्ड देखिएको हो ।

मोबाइल फोनको स्क्रीनजस्तो सतह अनि प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित पाइयो । तुलनात्मक रूपमा फ्लु भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ ।

तर कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्व प्रमुख प्राध्यापक रन एकल्सले उक्त अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर ’आम मानिसमाझ अनावश्यक त्रास’ फैलने बताउनुभएको छ ।

बीबीसी नेपालीबाट

Next Post

कोरोना महामारी फैलिएका देशमध्ये नेपाल ४० औं स्थानमा

२०७७ आश्विन २६, सोमबार ०७:१९
विश्वभरी कोरोना संक्रमितहरुको संख्या ३ करोड ७७ लाख ३९ हजार ४ सय ३२ जना पुगेको छ । संक्रमित मध्ये १० लाख ८१ हजार ३ सय ८६ जनाको मृत्युभएको वल्डो मिटरले जनाएको छ । यसैगरी संक्रमित मध्ये २ करोड ८३ लाख ४५ हजार ३ सय ९३ जना ब्यक्तिहरु निको भएका छन […]

सम्बन्धित शीर्षक