भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदै

  ।   २०७८ श्रावण ३१, आईतवार ०७:०९

काठमाण्डौ । भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

भारत सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको हो । स्वतन्त्रता र मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् ।

भारतको लालकिल्लामा विशेष समारोह गर्ने गरिन्छ । यसअघि हिजो पाकिस्तानले ७५औं स्वतन्त्रता दिवस मनाएको छ । त्यसअवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरि १४ अगस्ट अर्थात भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताउनुभएको छ ।

Next Post

धनी देशहरुमा बुस्टर डोज लगाउँदा विश्वव्यापी मृत्युदर झनै बढ्ने चेतावनी

२०७८ श्रावण ३१, आईतवार ०७:०९
लन्डन । पश्चिमी देशका नेताहरुले अहिले अतिरिक्त खोपहरु गरिब देशमा बाँड्नुको सट्टा आफ्नै जनसङ्ख्यामा मात्र केन्द्रित रहेर बुस्टर डोज लगाउने तयारी गरिरहेका छन् । तर। त्यो निर्णयको अर्थ बाँकी मानव समुदायप्रति उनीहरुले आफ्नो जिम्मेवारी अस्वीकार गर्नु हो जसले विश्वभर कोभिडका कारण अझ धेरै मान्छेको ज्यान जाने अक्सफोर्ड भ्याक्सिन ग्रुपका प्रमुखले […]

सम्बन्धित शीर्षक