राष्ट्रिय सभा निर्वाचनका लागि ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरू तोकिए

कुन प्रदेशको कहाँ ?

  ।   २०७८ पुष १, बिहीबार १६:५३

संवाददाता ।

निर्वाचन आयोगले फागुन १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरू रहने जानकारी दिएको छ ।

आयोगका अनुसार प्रदेश १ मा २ वटा मतदान स्थल केन्द्र र अन्य ६ वटा प्रदेशमा १-१ वटा मतदान स्थलभित्र २-२ वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरू तोकिएका छन् ।

आयोगका अनुसार ५३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४९३ गरी जम्मा २ हजार २५ मतदाता रहेका छन् ।

राष्ट्रिय सभामा चार बर्से कार्यकाल सकिएर फागुन २१ गतेबाट १९ सांसद बिदा हुँदै छन् । सोही स्थानमा निर्वाचन हुन लागेको हो ।

 

Next Post

भू–भागमा हिमपातको सम्भावना

२०७८ पुष १, बिहीबार १६:५३
काठमाडौं । देशका विभिन्न भागमा आज हिमपात र वर्षा हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली […]