नेपालमा ७४ दशमलव १ प्रतिशत कोरोनामुक्त : दशैँका बेला परीक्षण कम, नयाँ सङ्क्रमित थोरै

  ।   २०७७ कार्तिक १२, बुधबार ०७:५५

काठमाण्डौ । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४ दशमलव १ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेका छन् ।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४ सय ७८, वाग्मतीमा ५७ हजार ९ सय ५५, गण्डकीमा पाँच हजार ७ सय ६०, लुम्बिनीमा १४ हजार ५ सय १०, कर्णालीमा चार हजार ६ सय २० र सुदूरपश्चिममा आठ हजार ४ सय ९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।

पछिल्लो २४ घन्टामा तीन हजार १ सय ६८ जना कोरोनामुक्त भएका छन् । हिजो ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ७ सय २५ नमुना परीक्षण गर्दा ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको हो । कर्णाली र सुदूरपश्चिममा हिजो सङ्क्रमित भेटिएका छैनन् । दशैँका बेला स्वाब परीक्षण कम भएकाले नयाँ संक्रमित पनि थोरै भेटिएका छन् ।

शुक्रबार सप्तमीका दिन १६ हजार आठ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये चार हजार चार सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै शनिबार अष्टमीका दिन १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण हुँदा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएको थियो ।

आइतबार नवमीका दिन १२ हजार तीन सय ११ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार आठ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । सोमबार विजयादशमीको दिन पाँच हजार छ जनाको मात्रै पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये एक हजार सात सय ४१ जनामा कोरोना पुष्टि भएको थियो ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार ४ सय पुगेको छ । ४० हजार ६८१ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । झापा, मोरङ, सुनसरी, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५ सय बढी सक्रिय सङ्क्रमित छन् ।

मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ सय ७६ पुगेको छ । उज्यालो अनलाइन

Next Post

बाँके जिल्लाबाट आज थप १८ जना कोरोना जितेर घर फर्किदै

२०७७ कार्तिक १२, बुधबार ०७:५५
बाँके । बाँके जिल्लाबाट आज (बुधबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका १८ जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ६ जना महिला र १२ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या दुई […]

सम्बन्धित शीर्षक