बाँके जिल्लाबाट आज थप १८ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ कार्तिक १२, बुधबार ०८:३९

बाँके । बाँके जिल्लाबाट आज (बुधबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका १८ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ६ जना महिला र १२ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या दुई हजार ६७८ पुगेको छ ।

बाँकेमा हालसम्म ३ हजार ४ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३० जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३०७ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ८९.१५ प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.५० प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

आजदेखि स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन नियमित हुने

२०७७ कार्तिक १२, बुधबार ०८:३९
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि फेरि सुरु हुने भएको छ । मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो । दशैँ पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयका […]