बिपी चोकस्थित एक सिरक पसलमा आगलागी

  ।   २०८० मंसिर १३, बुधबार १७:०४

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १२ विपीचोकस्थित एक सिरक डसना पसलमा आगलागी भएको छ । नेपालगन्जको विपीचोकस्थित अफोज शेषले सञ्चालन गरेको जनता सिरक पसलमा बुधबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

प्रनाउ डाँगीका अनुसार बुधबार बिहान सवा तीन बजेको समयमा उक्त पसलमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट पसलमा भएका सिरक, डसना, सिरानी, कपडा तथा कपास सम्पूर्णरुपमा क्षति भएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ उपमहानगरको दमकल र सुरक्षाकर्मीको सहायताले १५–२० मिनेटमै आगलागी नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । आगो छिट्टै नियन्त्रणमा लिइएपनि कपासजन्य सामाग्री भएको हुँदा पसलमा भएका सम्पूर्ण सामाग्रीहरुमा क्षति पुगेको प्रनाउ डाँगीले बताउनुभयो ।

Next Post

मदनचोकका पाँच पसलमा आगलागी

२०८० मंसिर १३, बुधबार १७:०४
नेपालगन्ज । बाँकेको कोहलपुरमा गए राती आगलागी भएको छ । कोहलपुर नगरपालिका ३ मदनचोकस्थित कमलनाथ योगीको घरमा गए राती १ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आगलागीबाट पसल जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी […]